दिनदिनै नेपाल भित्रिएको इन्धन आखिर कहाँ जान्छ?

दैनिक जसो विभिन्न सञ्चार माध्ययममा ग्यास बुलेट र इन्धन आएको खबर पाएपछि खुसी व्यक्त गर्ने सर्वसाधारणले चुल्हो बाल्न नसकेपछि नेपाल भित्रिएको इन्धन कहाँ जान्छ भनेर सोध्ने गरेका छन्।

तर, नेपाल भित्रिएको इन्धन वास्तबमै कसले र कहाँ लैजान्छ? आएको र भएको इन्धन सर्वसाधारणले सुहज ढंगले किन पाउन सकेका छैनन्? नेपाल आयल निगमको तथ्यांकमा दैनिक रुपमा ग्यास र इन्धन भित्रिएको तथ्यांक समावेश गरिएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ।

भारतको अघोषित नाकाबन्दीपछि मात्रै १२ हजार ९ सय ३ मेट्रिक टन ग्यास नेपाल आएको तथ्यांकमा उल्लेख छ। यसरी हेर्दा भारतीय नाकाबन्दीपछि ७ सय १५ बुलेट ग्यास नेपाल भित्रिएको देखिन्छ।

एउटा बुलेटमा १८ मेट्रिक टन ग्यास हुन्छ। एक बुलेट ग्यासबाट १ हजार २ सय ५० सिलिन्डर भरिन्छन्। सरकारले भनेझैं आधा सिलिन्डर मात्रै ग्यास भर्ने हो भने पनि एक बुलेटबाट २ हजार ५ सय उपभोक्तालाई पुग्छ। तर उपभोक्ताले भने जति नै ग्यास आए पनि पाएका छैनन्।





Comments

comments

Leave a Reply

10026