Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा मधेश आन्दोलनका नेता उपेन्द्र यादवले के भने? हेर्नुहोस्…

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २८ मंसिर। मधेश आन्दोलनका नेता उपेन्द्र यादवले नेपाल सरकार नै मधेश आन्दोलनको समर्थन गरिरहेको बताउनुभएको छ।

तमुवान मगराँत संयुक्त संघर्ष समितिद्धारा तमुवानको राजधानी पोखरामा आयोजित विशाल जनसभालाई सम्बोधन गर्नुहुदै प्रमुख वक्ता यादवले सरकार मधेशी आन्दोलन लम्व्याउन चाहिरहेको आरोप लगाउनु भएको हो।

कमिशन तन्त्रमा चलेको सत्तासीनहरु आन्दोलनको बहानामा मधेशीलाई दोष दिने र कालोबजारी मार्फत अकुत सम्पत्ति कमाउने अवसरका कारण आन्दोलनका मागको सुनुवाई नगरी लम्व्याउन खोजिरहेको उहाँको भनाई थियो । आन्दोलनका कारण वीरगञ्ज नाकामा मात्रै केही समस्या हो, अन्य नाकाबाट दिनहुँ सयौं ट्यांकर र ग्याँसको बुलेट काठमाडौं प्रवेश भईरहेको जान्छ कहाँ ? उहाँको प्रश्न थियो । शासकको दरिद्र मानसिकताले नेपाललाई गरिब बनाएको उहाँको आरोप थियो।

पहिचान र सामथ्र्यको आधारलाई वेवास्ता गर्दै संघीयताको मर्मको अपमान हुने गरी आफ्नो वर्चश्वको आधारमा प्रदेश विभाजन गर्नु सबै भन्दा ठुलो गल्ती भएको उहाँको ठोकुवा थियो।

आदिवासी जनजाति, मधेशी, दलित, मुश्लिम, सिमान्तकृत समुदाय लगायत बहुसंख्यक जनताको अधिकार सुनिश्चित नगरिएको संविधान कति दिन चल्छ हामी हेर्छौं पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता यादवको चेतावनी थियो।

उहाँले भन्नुभयो हाम्रो कुनै नयाँ माग छैन, मधेश आन्दोलन र आदिवासी जनजातिसँग गरिएका विगतका सम्झौताहरु कार्यन्वयन गर, हामी आन्दोलन छोड्न तयार छौं।

भारत जादाँ नेपालका नेताहरु कस्ता रहेछन भन्ने कुरा स्पष्ट भयो भन्नुहुदै नेता यादवले भारतीय नेतासँग राष्ट्रको हितको सवाल होइन कि आफ्ना व्यक्तिगत स्वार्थका लागि अनुनय गर्ने गरेको जानकारी प्राप्त गरेको बताउनुभयो । यतिसम्म कि नेपालका वर्तमान राष्ट्रपति विद्या भण्डारी १५ दिनसम्म भारतीय नेताहरुको घर घरमा डुलेको भारतीय नेताहरुले जानकारी गराएको बताउनुभयो।

यसरी नै नेपालका प्रधानमन्त्री केपी ओलीले भारत सरकारलाई नेपालको मामिला मधेश आन्दोलनलाई दवाव हस्तक्षेपका लागि पत्राचार गरेको उहाँको आरोप थियो । समस्या आन्तरिक हो, लडाई अधिकारको हो र समाधान पनि हामी भित्रैबाट खोजिनुपर्नेमा नक्कली राष्ट्रवादीहरु भारतको अगाडि लम्पसार पर्दै नेपाल जनतामाथि भ्रम फिजाइरहेको नेता यादवले बताउनुभयो।

लगौटी लगाउने मधेशीहरु देशको सिमा रक्षकलाई अराष्ट्रिय देख्ने नेताहरु दिल्ली मै पुगेर नदिनालाहरु बेच्ने, असमान सन्धिहरु गर्नेहरु कस्तो राष्ट्रवादी बन्न खोजेका हुन भनी प्रश्न गर्नुभयो।

हाम्रो आन्दोलन जातियताको होइन, मधेश र तराईको होइन विभेद विरुद्धको अधिकारको लडाई भएकाले संविधान संशोधन गरेर तमुवान मगराँत, मधेश, लिम्बुवान, थरुहट लगायतका पहिचान र सामथ्र्यका आधारमा राज्य पुर्नसंरचना गर्नुपर्नेमा जोड दिनुभयो । तमुवान, मगराँतको आन्दोलन सशक्त बनाउनुस हामी मधेश साथ छ भनेर उहाँले प्रोत्साहन गर्नुभयो।

शासन सत्ता समानुपातिक समावेशी हुनुपर्दछ, जनसंख्याको आधारमा सबैको प्रतिनीधित्व हुनुपर्दछ, भाषिक समानता वा बहुभाषिक नितीलाई अपमानित गर्दै एकल भाषालाई प्रश्रय दिएकोमा उहाँको आपत्ति थियो।

अधिकार माग्दा मधेशमा जातिय नरसंहार गर्दै ५६ जनालाई ताकी ताकी टाउको, छातीमा गोली ठोकियो, करिब ५ सय जना अपाङ्ग र १० हजार बढी घाइते भएको नेता यादवले जानकारी दिनुभयो। मधेशको अधिकारको आन्दोलनलाई बद्नाम गराउन सरकारले भारतसँग जोड्ने गरेकोमा उहाँले आपत्ति जनाउनुभयो।

आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता प्राध्यापक डाक्टर ओम गुरुङले आदिवासी जनजातिका अधिकार सुनिश्चितताको मागलाई संविधानले सम्बोधन नगरेकाले अब आन्दोलनबाटै अधिकार लेखाउन चेतावनी दिनुभयो । उहाँले आन्दोलनलाई निर्णायक बनाउन एकिकृत आन्दोलन आवाश्यक रहेको बताउनुहुदै मधेशी मोर्चालाई सरकारसँग नझुक्न आग्रह गर्नुभयो।

थरुहट आन्दोलनका नेता भानुराम थारुले अधिकार माग्दा बन्दुकले तह लगाउन खोज्ेनलाई ठेगान लगाउने बताउनुभयो । उहाँले देश जनताले कहिल्यै टुक्राउदैनन्, शासकले नै टुक्राउदै आएको इतिहास छ भन्नुहुदै थरुहटले अब आफ्नै प्रादेशिक संविधान जारी गर्ने तयारी गरिरहेको बताउनुभयो । त्यसलाई पनि नमाने हामी देश माग्छौं उहाँको आक्रोस थियो। अधिकार प्राप्तिका लागि आन्दोलनको विकल्प छैन भन्नुहुदै जारी गरिएको संविधान पहिचानवादीको लागि मृत्यु पत्र भएको बताउनुभयो । यो मृत्यु पत्र हामीले कही कतै स्विकारेका छैनौं, अव मृत्य पत्रमा हस्ताक्षर गर्नेहरुलाई वहिष्करण गर्नुपर्ने बताउनुभयो।

लिम्बुवान आन्दोलनका नेता कुमार लिङ्देनले पहिचान र सामथ्र्यको आधारमा १० प्रदेशको नेपाल घोषणा गर सिमा हामी मिलाउछौं भन्नुभयो । उहाँले पहिचान र अधिकारका लागि आन्दोलनलाई राष्ट्रिय आन्दोलनको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

जनजाति राष्ट्रिय आन्दोलनका निर्देशक सदस्य पासाङ शेर्पाले जारी गरिएको कुन चाही धारामा नेपालको आदिवासी जनजातिको अधिकार लेखिएको छ भनि प्रश्न गर्नुभयो । वारको पार लडाई नलडि अधिकार पाईदैन भन्नुहुदै शोषक बस्ने ठाँउ काठमाडौं ठप्प नापारी जनताका अधिकार सुनिश्चित नहुने उहाँको भनाई थियो।

खसान आन्दोलनका राष्ट्रिय संयोजक प्रेमबहादुर खातीले तीन जनताले अध्यारो कोठमा बनाएको संविधान मान्दैनौं भन्नुहुदै सामन्तीहरुलाई सिंहदरबारबाट खेद्ने पर्ने बताउनुभयो । तमुवान, मगराँत प्राप्तिका लागि गोली खान आफु तयार रहेको बताउनुभयो।

मगरात संघर्ष समितिका केन्द्रीय संयोजक महेन्द्र थापाले प्रतिगामी संविधान मान्दैनौ भन्नुहुदै आन्दोलनबाटै अधिकार स्थापित गर्ने चेतावनी दिनुभयो।

तमुवान आन्दोलनका नेता गणेशमान गुरुङले विधी मिचेर राज्यको पुर्नसंरचना गर्न कस्ले अधिकार दियो भन्नुहुदै मधेश थरुहट आन्दोलनले बाधिएको सरकारलाई राष्ट्रिय आन्दोलनद्धारा कारवाही गर्ने बताउनुभयो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमु धिं नेपालले संविधान सुझावका लागि पेश गरिएको कुनै सुझाव नसमेटिएकोमा आपत्ति जनाउनुहुदै संविधान संशोधन गरेर भए पनि आन्दोलित जनताको माग पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले छिमेकी मुलुकहरु विचको मित्रता विगार्नु हुन्न भन्नुहुदै मधेशीको मागमा आदिवासी जनजातिको माग समेत प्योकजमै पुरा गराउनुपर्नेमा जोड दिनुभयो।

नयाँ शक्ति अभियान तमुवान इञ्चार्ज देवेन्द्र पराजुलीले अधिकार माग्दा जनतालाई अराष्ट्रिय तत्व देख्ने सरकार पागलहरुको सरकार भएको उपमा दिनुभयो।

तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेश संयोजक हुमबहादुर गुरुङको अध्यक्षता, मगराँत संघर्ष समितिका मगराँत प्रदेश संयोजक बसन्त घर्ती मगरले तमुवान संयुक्र संघर्ष समितिका सचिव गजेन्द्र लिम्बुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

यस अघि पोखरा सभागृहबाट बृहत जनप्रर्दशन शुरु भई न्युरोड, विपीचोक चिप्लेढुंगा हुदै मानवअधिकार चोकमा विशाल सभामा परिणत भएको थियो।





Comments

comments

Leave a Reply

10036