एमालेका दुई हजारभन्दा बढी नेता बेरोजगार

एमालेले केन्द्रीय विभागहरूको संख्या बढाएर ३१ पुर्‍याएको छ । एउटा विभागमा कम्तीमा २५ नेता सदस्य हुन्छन् । विभागहरूले पूर्णता पाउादा सात सय ७५ नेताले काम पाउँथे।

तर, महाधिवेशन भएको १७ महिना बित्दा पनि विभागहरूलाई पूर्णता दिइएको छैन । पार्टीभित्र दुई खेमाको लडाइाका कारण सदस्यहरू नियुक्त हुन सकेका छैनन् । यद्यपि, विभागीय प्रमुखहरू भने तोकिएका छन् । सबैजसो विभागले सम्भावित सदस्यको नामावली संकलन गरेर राखेको छ । तर, नेताहरू ‘पर्ख र हेर’को रणनीतिमा छन्।

१६ अञ्चल कमिटी पनि अझै अपूर्ण पार्टीको उपत्यका र प्रवाससहित १६ अञ्चल कमिटी छन् । तर, कसैले पनि पूर्णता पाएका छैनन् । अञ्चल कमिटीमा ६५ सम्म सदस्य रहन सक्ने व्यवस्था छ । यस हिसाबले अञ्चल कमिटीमा एक हजारभन्दा धेरै नेतालाई व्यवस्थापन गर्न सकिन्थ्यो।

तर, अहिले स्वत: सदस्य हुने सम्बन्धित अञ्चलअन्तर्गतका जिल्ला अध्यक्षहरूको मात्र अञ्चल कमिटी छ । तत्काल अञ्चल कमिटीलाई पूर्णता दिने योजना नरहेको नेताहरू बताउाछन् । प्रान्तीय ढाँचाको व्यवस्थाअनुसार अञ्चल कमिटीको सट्टा एकैचोटि प्रान्तीय कमिटी गठन गर्ने तयारी भइरहेको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10068