रुसी सेनामा भर्ना भएका लमजुङका साजन गुरुङको मृत्यु

रुसी सेनामा भर्ना भएका थप एक जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङ रहेका छन्।

मृत्युअघि घरपरिवारसंग नियमित सम्पर्कमा रहेका गुरुङ लामो समय सम्पर्कबिहीन भएका थिए। उनको पुस १४ गते मृत्यु भएको खबर आएको हो।

वैदेशिक रोजगारीका लागि खाडी जाने भन्दै गत भदौ पहिलो हप्ता उडेका उनी रूसी सेनामा भर्ती भएको जानकारी पछि परिवारले पाएका थिए।

गुरुङको मृत्युसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको छ। केही नेपाल युवाहरू युक्रेनी सेनाको कब्जामा समेत परेका छन्।

दर्जन बढी नेपाली युवाका शव सरकारले स्वदेश ल्याउन सकेको छैन।





Comments

comments

100939