वान चाइ दुर्घटनामा प्लास्टिक सर्जनको मृत्यु…

हङकङ, गत आइतवार राति भएको सडक दुर्घटनामा प्रख्यात प्लास्टिक सर्जन विल्सन हो को मृत्यु भएको पुष्टि भएको छ।

उनीसंगै चिनीया एक महिलाको पनि मृत्यु भएको छ। उनीहरु दुबैजना ट्याक्सीमा सवार थिए। ३३ वर्षीया ट्याक्सी महिला चालकलाई ज्यान लिने खतरनाक सवारी चलाएको आरोपमा पक्राउ गरिएको छ। उनको ट्याक्सी रोकिएको डबल डेकर बससँग ठोक्किएको थियो।

फ्लेमिङ रोडबाट जाँदै गरेको ट्याक्सी हार्बर रोडको जंक्शनमा पुग्दा रोकिएको डबल डेकर सिटीबससँग राति करिब ९:३० बजे ठोक्किएर दुर्घटना भएको हो।

ट्याक्सीमा सवार ५९ वर्षीय प्लास्टिक सर्जन विल्सन हो र ४७ वर्षीया चिनीया महिला गम्भीर घाइते भएका थिए। हो को क्वीन मेरी अस्पतालमा र महिलाको रुटोन्जी अस्पतालमा सोही रात मृत्यु भएको थियो। फेसबूकबाट लिइएको समाचार..

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

100913