Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजधानीमै शून्य डिग्री, माइनसमा झर्न सक्ने

बुधवार राजधानीको तापक्रम शून्यमा झरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार विहान ८ः४५ को न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस रेकर्ड भएको हो। यो हिउँदकै सबैभन्दा कम तापक्रम हो।

महाशाखाका मौसमविद् समीर श्रेष्ठले अझै न्यूनतम तापक्रममा गिरावट आउन सक्ने बताए। ‘अहिलेको मौसमी अवस्थामा परिवर्तन नआएसम्म न्यूनतम तापक्रम घटिनै रहने देखिन्छ’ श्रेष्ठले भने, ‘माईनसमा पनि झर्न सक्छ।’ मंगलवार राजधानीको न्यूनतम तापक्रम १.५ डिग्री रेकर्ड भएको थियो ।

मौसमविद् राजेन्द्र श्रेष्ठका अनुसार हिउँदमा राजधानीको तापक्रम माईनस २.६ सम्म झरेको रेकर्ड छ। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10156