Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१६ नेपाली ग्वाटेमालामा पक्राउ

एजेन्सी, अवैध रुपमा अमेरिका जाने क्रममा ग्वाटेमालामा १६ नेपाली पक्राउ परेका छन्। एउटै समूहमा रहेका १७ बंगलादेशीसँगै ती नेपाली पक्राउ परेको ग्वाटेमालाका अधिकारीले बताएका छन्।

उनीहरु बस चढेर ग्वाटेमाला सिटी जाने क्रममा आइतबार पक्राउ परेका हुन्। मानव तस्करीको सूचना पाएर छापा मार्दा उनीहरु पक्राउ परेको ग्वाटेमाला प्रहरीले जनाएको छ।

उनीहरुलाई सरकारी आवासमा राखिएको खबर आजको कान्तिपुर दैनिकमा छ। उनीहरु एसियाबाट अफ्रिका कसरी आइपुगे भन्नेबारे केही खुलाइएको छैन।





Comments

comments

Leave a Reply

10152