Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मलेसियाका नेपाली कामदार मारमा, बिदा बसे तलबै रोकिन्छ

रोजगारीका लागि मलेसिया आएकी चितवनकी कमला बराल सोचेअनुसारको कमाइ नहुँदा निराश बनेकी छन्। मलेसिया छिर्दासम्म उनलाई राम्रै कमाइ गरेर नेपाल फर्किन्छु भन्नेमा पूर्ण विश्वस थियो।


फाइल फोटो

नेपालबाट पठाउने म्यानपावर कम्पनीले निकै राम्रो कमाइ हुन्छ भन्ने आश्वासन पनि दिएको थियो। तर यहाँ आएर काम गर्न थालेपछि थाहा भयो– मलेसियामा कमाएको पैसाले त ऋण तिर्नमात्रै पुग्ने रहेछ।

कमला रोजगारीको खोजीमा मलेसिया आएको एक वर्ष भइसकेको छ। मासिक ९ सय रिंगेट कमाउन पनि मुस्किल परेको उनले बताइन्।‘ओभरटाइम पाएका बेलामा भने १२ सय रिंगेटसम्म हुन्छ, उनले भनिन् । नेपालमा म्यानपावर कम्पनी र एजेन्टलाई उनले एक लाख रुपैयाँ बढी पैसा तिरेकी थिइन् मलेसिया आउँदा।

नेपालमा गरिएको सम्झौता अनुसार कम्पनीले तलब, सुविधा र विदा केही पनि नदिएको उनले बताइन्। ‘बिरामी भएर एक दिनमात्र बिदामा बस्दासमेत कम्पनीले तलब रोकिदिन्छ, उनले भनिन् । ’ कम्पनीमा काम गर्दा नेपालमा गरिएको सम्झौताअनुसारको सुविधा नपाएको कमलाको गुनासो छ।





Comments

comments

Leave a Reply

10197