Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्राधिकरणमा पुग्न मन्त्रीलाई साढे २ महिना लाग्यो

नेपाल विद्युत प्राधिकरणको ब्रिफिङ सुन्नका लागि सामान्यतयाः ऊर्जामन्त्री एक साताभित्रै विद्युत प्राधिकरण पुग्ने चलन छ। तर उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी साढे दुई महिनापछि बल्ल प्राधिकरण छिरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरिरहेको र त्यसका लागि सबैभन्दा बढी सक्रिय हुनु पर्ने निकाय प्राधिकरणमा १ कात्तिकमा नियुक्त भएका ऊर्जामन्त्री रायमाझी बल्ल छिरेका छन्।

ऊर्जा मन्त्रालयका लागि छुट्टाउने बजेट र कार्यक्रममध्ये ८० प्रतिशत विद्युत प्राधिकरणमार्फत नै सञ्चालन हुने भएकाले मन्त्रालयको मूख्य निकायको रुपमा प्राधिकरणलाई हेरिन्छ। पछिल्लो समय जलविद्युत आयोजनाहरु बनाउनका लागि सहजीकरण गर्नु पर्ने र अभिभावकत्व ग्रहण गर्नु पर्ने ऊर्जा मन्त्रालय र कार्यान्वयन गर्नु पर्ने प्राधिकरणवीच देखिएको द्वन्द्वका कारण यस्तो अबस्था आएको खबर आजको राजधानी दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10251