Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कतारवासी तमूहरुले प्र ल्होसार भव्यताका साथ मनाए

बुधबल गुरुङ / एचकेनेपाल डट कम –
कतार। कतारवासी तमूहरुले आफ्नो जातिको महान पर्वको रुपमा रहेको र नयाँ वर्षको रुपमा मनाउदै आएको ल्होसार पर्व यस बर्षको प्र (बादर वर्ग) ल्होसार भब्य रुपले मनाए। तमू समाज कतारको आयोजनामा भएको यस कार्यक्रम कतारको अल समाल पब्लिक पार्कमा भएको थियो।

तमू समाज कतारका अध्यक्ष कृष्ण तमूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावासका द्दितिय सचिव गायत्री बहादुर पौडेल हुनुहुन्थ्यो। अन्य अतिथीहरुमा समाजसेवी तथा ब्यवसायीहरु उत्तम तमू, प्रकाश तमू, समाजसेवी टुकराज अर्याल, तामाङ्ग समाज कतारका सुरेश तामाङ्ग, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका तेज बहादुर तामाङ्ग, नेवाः पुच कतारका राजेश महर्जन, तमू प्ये ल्हु संघ कतारका अध्यक्ष दुर्गा तमू, गोरखा सेवा समाजका प्रमुख सल्लाहकार आश बहादुर तमू, खोटाङ्ग सेवा समाजका रुद्र शर्मा, चितवन युवा समूहका सुरेश परियार, तनहु सेती दोभानका अध्यक्ष पदम थापा, अन्तरराष्ट्रि«य नेपाली कलाकार मञ्चका अध्यक्ष भविन्द्र तामाङ्ग, ईमेज नेपाल न्यूज डटकमका प्रबन्धक सम्पादक घनश्याम पराजुली, कास्की आदर्श सेवा समाजका अध्यक्ष आश बहादुर गुरुङ्ग, बाग्लुङ्ग सेवा समाज का छम परियार, मितेरी फिल्मसका रित कुमार श्रेष्ठ, रिदम कला केन्द्र गजेन्द्र मल्ल लगायत धेरै अतिथिहरुको समेत उपस्थिती थियो।

प्रमुख अतिथीबाट दिप प्रज्वलन गरि उद्घाटन गरि सुरु गरिएको कार्यक्रममा पच्यू क्हाब्री खेगीबाट मन्त्रोच्चारण गरिएको रुपा उपस्थित अतिथि जेष्ठ सदस्य मैता तमूस्योबाट ल्हु ल्हो का सदस्यहरुलाई विदाई र प्र ल्हो का सदस्यहरुलाई स्वागत गरी स्याई स्याई गरिएको थियो ।

कार्यक्रममा जिल्ला संस्थाहरुको तर्फबाट कास्की आदर्श सेवा समाजका अध्यक्ष आश बहादुर गुरुङ्ग र अन्य संस्थाहरुको तर्फबाट भविन्द्र तामाङ्गले ल्होसारको शुभकामना दिएका थिए ।

कार्यक्रमलाई नेपाली राजदुतावासका द्दितिय सचिव तथा कार्यक्रमका प्रमुख अतिथी गायत्री बहादुर पौडेले शुभकामना मन्तब्य दिनु भएको थियो । उहाले राष्ट्रिय पर्वको रुपमा रहेको यस पर्वलाई तमू साथीहरुका विच मनाउन पाउदा खुशी ब्यक्त गरे । पश्चिमेली संस्कृतिले नक्कल गरिरहेको अहिलेको अवस्था प्रवासमा रहेर पनि तमु जातिहरुले आफ्नो परम्परा रिती रिवाज संरक्षण गरेकोमा धन्यवाद दिदै ल्होसारको शुभकामना दिनु भएको थियो।

समाजका संरक्षक विल तमूको पुजनीय पिताको डिसेम्बर २३ का दिन स्वर्गारोहणको भएकोले श्रद्धान्जलि सहित एक मिनेट मौनधारण समेत गरिएको थियो।

कार्यक्रममा समाजको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा तमू समाज कतारले भाग्यशाली उपहार कार्यक्रमको चिट्टा पनि खोलीएको थियो।

कतारे झरीको पनि कुनै पर्वाह नगरी कतारवासी तमूहरुको कार्यक्रममा उल्लेखनिय उपस्थिती थियो । उपस्थित सहभागिहरुले भने प्राकृतिक प्रक्रियालाई कसैले पनि रोक्न नसक्ने र यस बर्षको ल्होसार पर्व अविश्मणीय रहेको भन्दै भरपुर मनोरन्जन लिए । कार्यक्रममा संस्थाको महिला विभागबाट तयार पारिएका परिकारहरु र स्यों कैं को व्यवस्था गरिएको थियो।

कार्यक्रममा सहभागिहरुलाइ समाजका प्रथम उपाध्यक्ष खेम तमूले स्वागत मन्तब्यका साथ कार्यक्रम बारे प्रकाश पार्दै तमूहरुको ल्होसार पर्वको बारेमा जानकारी दिनुभएको थियो ।

औपचारीक कार्यक्रमलाई तमू समाज कतारका महासचिव खुशी तमू तथा सांस्कृतिका कार्यक्रम हरिकाजी तमू र राजन घलेले संयुक्त रुपमा सञ्चालन गरेका थिए।





Comments

comments

Leave a Reply

10255