इमेज सहकारीकी कोषाध्यक्ष पक्राउ, अध्यक्ष तथा मेयर नेपाली र उनकी श्रीमतीविरूद्ध रेड कर्नर नोटिस

बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार बिहीबार ललितपुर महानगरपालिका-३ धोबिघाटबाट पक्राउ परेकी छन्।

सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र उनकी श्रीमती तिब्बती मुलकी नेपाली नागरिक छेला नेपालीविरूद्ध यसअघि नै रेड कर्नर नोटिस जारी भएपनि पक्राउ पर्न सकेका छैनन्।

फरार रहेका १३ जनामध्ये पाँच जना यसअघि नै पक्राउ परिसकेका छन्।

इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोप लागेको छ।





Comments

comments

102848