लुनार न्यु इयरको दोस्रो दिन बेलुका ८ बजे विशाल फायरवर्क्स हुने, फायरवर्क्सको बजेट करिब १३ मिलियन हङकङ डलर

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ जनवरी। चिनियाँ नयाँ वर्षको अवसरमा हङकङमा थुप्रै कार्यक्रमहरु आयोजना गरिने भएका छन्। त्यसमध्ये नयाँ वर्षको पहिलो दिन फेब्रुअरी १० मा नाईड परेड हुने छ भने दोस्रो दिन फेब्रुअरी ११ तारिख साँझ ८ बजे भिक्टोरिया हार्बरमा रंगीन आतिशबाजी प्रदर्शन हुनेछ।

सबैलाई शुभकामना र समृद्धिको कामना गर्दै कुल २३ मिनेटमा आतिशबाजीका आठ कार्यक्रमहरू हुनेछन्। हङकङका बासिन्दा तथा पर्यटकहरूले गोल्डेन फिगर ८ र रेड फिगर ८ विस्फोटका आतिशबाजीहरूको मजा लिन पाउनेछन्।

कार्यक्रमको आयोजना गर्ने हङकङ सेलिब्रेसन कमिटीले आतिशबाजीको लागि करिब १३ मिलियन हङकङ डलरको बजेट छुट्याइएको जानकारी दिएको छ।

फ्लोट्स र प्रदर्शन समूह परेड मार्ग:

  • शुरुः परेड हङकङ कल्चरल सेन्टर पियाजा सिम शा सुईमा सुरु हुनेछ।
    त्यसपछि यो क्यान्टन रोड, हाइफोङ रोड र नाथन रोड हुंदै अगाडि बढ्नेछ।
  • अन्त्यः यो शेराटन हङकङ होटल र टावर्समा पुगेर समाप्त हुनेछ।
  • पहिलो फ्लोट र परेड समूह बेलुका करिब ८:३० बजे क्यान्टन रोड र बेलुका ९ बजे नाथन रोडमा आइपुग्नेछ ।
    अन्तिम फ्लोट १०:३० बजे अन्तिम बिन्दुमा आइपुग्नेछ।




Comments

comments

102856