Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युएईमा पनि नेपाली टोपी दिवस मनाइयो …

बिष्णु कान्त घिमिरे / एचकेनेपाल डट कम –
फुजेरा, युएई । नेपालीको स्वाभिमान र सगरमाथाको उचाईसंग साङ्केतिक रुपमा जोडिएको नेपाली टोपीको इतिहासमा जीवन्त बनाउन सुरु गरिएको नेपाली टोपी दिवस युएईमा पनि मनाइएको छ।

नेपाली कलाकार समूह युएइले यहाँको फुजेरामा नेपालीहरु माझ एक कार्यक्रम गरि दिवस मनाएको हो।

बिदेशमा रहेका नेपाली बिच पहिचान र भाइचारा बडाउन टोपीको महत्वपूर्ण भूमिका रहेको समूहका संरक्षक रतन थापाले बताए।

बिदेशी भूमिमा रहेर नेपाली कला र संस्कृति प्रबर्द्धनमा अगाडि बढेको समूहले नेपाली संस्कृतिको जगेर्ना गर्न र युएइमा रहेका नेपालीहरुमा राष्ट्रियताको भावना अझ जागृत गर्न कार्यक्रम आयोजना गरिएको समूहका दुबै समितिका अध्यक्ष राम प्रसाद ढकाललेले बताए।

सो अवसरमा आगामी नेपाली नयाँ बर्षमा शार्जाह शुभकामना आदानप्रदान तथा नेपाली शास्कृतिक कार्यक्रम गरिने समूहका शार्जाह समितिका अध्यक्ष पारस बिकेले जानकारी दिए।

कार्यक्रमको संचालन समूहका शार्जाह समितिका उपाध्यक्ष बिष्णु कान्त घिमिरेले गरेका थिए।





Comments

comments

Leave a Reply

10352