विश्व कीर्तिमानी किशोरी सुन्दरी रोमी घिमिरे क्लासिकमा अन्धी

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। अहिलेका किशोर तथा किशोरीहरुमध्ये कै उदाउदो कलाकारको नाम लिनु पर्दा ‘मिस टिन -२०१४’ (किशोरी सुन्दरी २०१४) रोमी घिमिरेको नाम नलिदा अन्याय नै जस्तो हुन्छ।

उनी सानैदेखि प्रतिभाशाली हुनुको साथै सिर्जनशील एवं मेहनती थिइन्। बहुप्रतिभाशाली रोमी बिस्तारै सफलताको शिखरको खुड्किलो चढ्दै छिन्। किशोरी सुन्दरी २०१४ को पदक प्राप्तसंगै उनको जताततै चर्चा परिचर्चा भएको छ। उनी बिद्यालय जीवनदेखि नै अतिरिक्त क्रियाकलाबमा निकै खप्पिस थिइन्। रोमी ५ वर्षको उमेरदेखि नै भजन गाउँथिन् भने कथा, कविताहरू लेखनमा पनि उनी कमजोरी थिईनन्।

कलाकार रोमीभित्रको निहित कलाकारिता स्वत स्फुर्त आउने गरेकोले हेरेको भरमा नृत्य गर्न सिपालुको साथै रोमी वादविवाद एवं वक्तृत्वकला प्रतियोगिताहरूमा पनि प्रथम स्थान हासिल गर्थिन्।

उनी एक रेडियो कार्यक्रममा प्रस्तोता भएर काम गर्ने अवसर पनि पाईन। जीवनमा केही गरेर देखाउने रोमीले विश्व किर्तिमान गर्न बिबिध बिषयमा झन्डै सयौं व्यक्तिसंग अन्तर्वार्ता लिएर विश्व किर्तिमान गर्ने अवसर पनि जुराईन।

विश्वकै सबै भन्दा लामो म्याराथुन रेडियो बहस नामक कार्यक्रम युथ एफएम रेडियो मार्फत किर्तिमानको लागि प्रयास गरिन्।हाल उक्त युथ एफएम रेडियो बन्द भएको छ।

विश्व किर्तिमान गर्ने क्रममा झन्डै एक दर्जन जति विश्व कीर्तिमानी ,कलाकार ,विशिष्ट व्यक्ति ,गायक ,गायिका ,चिकित्सक ,पर्वतारोही ,राजनैतिक व्यक्तित्व , अभियन्ता तथा अन्यसंग उनले ४८ घण्टासम्म निरन्तर अन्तर्वार्ता रेडियो अन्तर्वार्ता लिईन्।

जुन किर्तिमान अमेरिकाका नागरिकले ४० घण्टा अन्तर्वार्ता लिएर किर्तिमान कायम गरेका थिए र ,त्यसलाई तोड्ने काम रोमि घिमिरेले गरिन्।

यसको अतिरिक्त उनी समाजको लागि केही योगदान दिन चाहना राख्दछिन्। किशोरी सुन्दरी भएपछि आफूमा जिम्मेवारी बढेको बताउदै केहि सामाजिक संघ संस्थामा संलग्न भै समाज सेवा गर्दा आनन्दको अनुभूति भएको बताउदछिन्।

उनी मदर जोय फाउन्डेसन कि उपाधक्ष्य समेत छिन्। सामाजिक सेवालाई ब्यबहारमा उतार्न हाल उनी सामाजिक कार्य बिषयमा नै स्नातक तहमा अध्ययनरत छिन्।

कलाकार भएकोले किलो टाँगो माइक, हर्के हबल्दार तथा थुप्रै धाराबाहिकमा अभिनय गरिसकेकी रोमीको चलचित्रमा अभिनय गर्ने धोको पुरा भएको छ।

आगामी फेब्रुअरी १२ तारिख प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा उनले ठूलो पर्दामा प्रथम पटक प्रथम अभिनय गरेको चलचित्र ‘क्लासिक’ प्रथम प्रदर्शन हुने भएकोले उनी उत्साहित भएकी छिन्।

उनको यो चलचित्रमा अत्यन्तै चुनौतीपूर्ण भूमिका रहेको छ भने उक्त चलचित्रमा अन्धी भएर अभिनय गरेकी छिन्। प्रेम बिषय वस्तुमा आधारित चलचित्र ‘क्लासिक’ नया स्वादमा भएको उनी बताउदछिन। पहिलो चलचित्र मै अन्धो भएर खेल्न पाउनु भनेको अहोभाग्य हो भनिन्।

कथाबस्तु आफूलाई जचेकोले मौका पाए र अभिनयमा कुनै कसर नछोड्ने तरिकाले अभिनय गर्ने कोसिस गरेको छु। उनको धमाकादार प्रस्तुतिलाई दर्शकले पक्कै पनि मन पराई दिनु हुनेछ भन्ने आफूलाई विश्वास लागेको बताइन्। दर्शकले मैले अभिनय गरेका कामलाई हौसला पाएकोले ठूलो पर्दामा होमिएको हु रोमीले भनिन्। दर्शकलाई निरासा बनाउने छैन भन्दै फेब्रुअरी छिटो आई दिए हुन्छ भन्ने लागेको बताईन्।





Comments

comments

Leave a Reply

10355