Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

माधब सिग्देललाई “बिहेमा नौमती” बजाउने रहर (भिडियोसहित)

त्रिबिक्रम कोइराला/ एचकेनेपाल डट कम –
जापान, मङ्सिर-पुस महिना प्राय जासो बिहेमा नौमतीका गीतहरु गुन्जिने बेलासगै “बिहेमा नौमती” बोलको गीत रहेको म्युजिक भिडियो सार्बजनिक भएको छ।

तनहूँ जिल्ला किहुँ गाबि मा जन्मिएका भर्खरै उदाउदै गरेका गायक माधव सिग्देलले बिहेमा नौमती बोलको पन्चे बाजाको गीत भर्खर मात्र सार्वजनिक गरेका छन्।“गयो उमेर दिन बर्ष गन्दैमा, नेपाल फर्की बिहे गर्छु भन्दैमा ” बिदेशमा रहेर नेपाल फर्की बिहे गर्न नपाएको गुनासाका कुराहरु र माया प्रेममा आधारित छन्।

“बिहेमा नौमती “भन्ने एल्बम मह जात्रा -२०१५ फुकुओका बिशेष कार्यक्रममा वरिष्ठ हाँस्य कलाकाहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका साथै वरिष्ठ लोक दोहोरी गायक बमबहादुर कार्की, कलाकारहरू नरेन्द्र कंसाकार, मोहितबंश आचार्य, यमन आचार्य नेपाली सिने जगतकी चर्चित नायिका प्रियकां कार्कीको उपस्तिथीती बिमोचन गरिएको हो।

गीतमा सिग्देलको आफ्नै लय, शब्द र बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ती सँगको संयुक्त स्वरमा रहेको छ। गायक माधव सिग्देलको यो भन्दा अगाडि पनि दुईवटा गीतहरु बजारमा आईसकेका छन् रोजगारीको सिलसिलामा जापानमा बस्दै र नेपाली गीतसंगीतलाई मायाँ गर्दै गरेका सिग्देलले पहिलो एल्बम एनटिसी र एन्सिएलको सिमले र दोस्रो एल्बम तीजको गीत बालै भएन बोलको बजारमा ल्याएका थिए भने यो बिहेमा नौमती पन्चे बाजाको एल्बम उनको पछिल्लो तेस्रो एल्बम रहेको बताएका छन्।

एल्बमको भिडियो निर्देशन पनि गायक माधव सिग्देल कै दाजु पुरुषोत्तम सिग्देलले गरेका छन्। गीत मिठो लय उत्कृष्ट शब्दमा देवी घर्ती र माधव सिग्देलको अतिनै मिठो स्वरमा रहेको छ।





Comments

comments

Leave a Reply

10350