Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जापानमा कलाकारहरु एकजुट हुदै, प्रवासी कलाकार संघ गठन

त्रिबिक्रम कोइराला/जापान –
वैदेशिक रोजगारी एवंम् अध्ययनका लागि जापानमा पुगेका नेपाली कलाकारहरु एकजुट भएका छन्। डिसेम्बर ३१ तारिख बिहिबार जापानको कोकुरामा भएको भेलाले हिमाल जि.सीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गर्दै प्रवासी कलाकार संघ जापान गठन गरेको छ।

संघको उपाध्यक्षमा बिशाल क्षेत्री, विकास लम्साल रहेका छन् , त्यस्तै सचिवमा पुरूषोत्तम सिग्देल, सह-सचिव दिलेन्द्र जोशी रहेका छन् भने कोषाध्यक्षमा माधब सिग्देल, सहकोषाध्यक्षमा श्रीधर पन्थी रहेका छन्।

सदस्यहरुमा प्रकाश क्षेत्री, सन्जय सापकोटा, मधु न्यौपाने, गोबिन्द पाण्डे, प्रकाश कंडेल कृष्ण खरेल, प्रमोद पराजुली, त्रिबिक्रम कोइराला (मिडिया संयोजक ) रहेका छन्। त्यस्तै संरक्षक बद्री पौडेल, सल्लाहकारहरुमा भरत गौतम, शुशिल पौडेल रहेका छन् । जापानमा छरिएर रहेका कलाकारहरुको हक, हित र अधिकारका लागि एकजुट भएर नेपाली कला संस्कृतिको विकास गर्ने उद्देश्यले यो संघको स्थापना गरेको सचिव पुरूषोत्तम सिग्देलले बताए।

सिग्देलका अनुसार नेपाली कलासंस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न यो संघले महत्वपूर्ण भूमिका खेल्नेछ। त्यस्तै प्रवासी नेपाली कलाकार संघको गठन पश्चात् अब आउने समयमा नेपाली कलासंस्कृतिलाई अन्तर्राष्ट्रियमा पुग्ने बिभिन्न कार्यक्रम गर्ने योजना रहेको सचिव पुरूषोत्तम सिग्देलले बताए।

आगामी दिनमा जापानमा रहेका कला क्षेत्रलाई मायाँ गर्ने सबैलाई समेटेर जाने जानकारी नब गठित संघका अध्यक्ष हिमाल जि.सीले गराएका छन्।





Comments

comments

Leave a Reply

10348