फ्रान्समा यसरी मनाइयो नेपाली टोपी दिवस (फोटो फिचरसहित)

विजय थापा/ एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। “नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारासहित तेश्रो अन्तर्राष्टिय नेपाली टोपी दिवसलाई पछ््याउदै फ्रान्समा रहेका नेपाली समुदायले पनि टोपी दिवस मनाएका छन्।

फ्रान्सको राजधानी पेरिसमा अवस्थित ईफ़ेल टावरमा एकत्रित भै नेपाली टोपीसहित पुगेका नेपालीले छोटो समयमा जारी गरिएको सूचना भए पनि आगामी दिनमा टोपी दिवसलाई व्यवस्थित रुपमा गर्नु पर्ने महसुस गरिएको गैरआवसीया नेपाली संघ फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले बताए।

टोपी दिवसमा नेपाली राजदूताबास पेरिसका नियोग उपप्रमुख रामबाबु ढकाल ,समाज सेवी तथा साहित्यकार हरिहर अर्यालको पहलमा बिभिन्न रंगका नेपाली टोपी लगाएर आएका थिए। भेलामा तमु समाज फ्रान्सका अध्यक्ष नारायण गुरुङ ,एनआर एन का पूर्वअध्यक्ष घनश्याम पौडेल ,किरण केसी ,हरि सापकोटा तथा नेपालीहरुको उपस्थिति रहेको थियो।

बिदेशी माटोमा पनि नेपालीपनको संरक्षण तथा प्रबर्धन गर्ने ,बिदेशमा छरिएर रहेका नेपाली समुदायलाई राष्ट्रियता जगाउने र नेपालीलाई बिश्वमा चिनाउने गर्ने काम नेपाली टोपीले पनि गर्ने भएकोले यस्ता कार्यक्रम अपरिहार्य हुने भएकोले भेलामा सहभागी हुन् आएको अर्यालले बताए।

विश्व भर सामाजिक संजाल अनुहार किताब मार्फत जताततै प्रचार भएता पनि घरभित्र मात्र यसलाई सिमित राख्नु हुदैन भन्ने ठहर गर्दै बाहिर गएर नेपालको पनि प्रबर्धन समेत गरेका छन्। नेपाली टोपी देखेर र नेपाली झन्डा बोकेर शुभकामना आदान प्रदान गरिएको बेलामा पर्यटकहरु झुमिएका थिए भने उनीहरुलाई पनि नेपाली टोपी उपहार स्वरुप दिइएको छ।

कार्यक्रममा युवाहरु मात्रै होईन बालबालिकादेखि महिलाहरु समेत सहभागिता थियो। नेपाली टोपी दिवसका अभियन्ता जनार्जन पौडेलले राष्टियता संकटमा पर्न थालेको अवस्था देखिएको र नेपालीपन झल्किने नेपाली पोशाकको जगेर्नामा जनचेतना फैलाउन उनले गत ३ बर्षदेखि सुरु गरिएको एक अभियान हो।



कोरियामा पनि नेपाली यूवाहरूले मनाए टोपी दिवस (फोटो फिचरसहित)





Comments

comments

Leave a Reply

10344