Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा पनि नेपाली यूवाहरूले मनाए टोपी दिवस (फोटो फिचरसहित)

एचकेनेपाल डट कम संवाददाता –
सोल, कोरिया। दक्षिण कोरियामा रहेका नेपाली यूवाहरूले पनि ‘तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस ‘ मनाएका छन्। अशोक मैनालीको पहलमा भएको कार्यक्रमा उल्लेख्य यूवाहरूको सहभागिता रहेको थियो।

‘नेपाली पोशाकको प्रवर्द्धन गरौं,नेपाली पहिचांन जोगाऔं ‘भन्ने अभियान लिएर यूवाहरू स्व-स्फुर्त रूपमा भेला भएका थिए। उनीहरू सबैले नेपाली ढाका टोपी लगाएका थिए भने साथमा नेपाली झण्डा बोकेका थिए। उक्त अवसरमा नेपाली सम्पर्क समितीका अध्यक्ष प्रेम शाह ,एन आर एन कोरियाका महासचिव दिपक पुन ,सल्लाहकार तारा केसी ,जनसम्पर्क समिती कोरियाका सभापती गिरीराज कुँवर ,नेपाली एकता समाजका अध्यक्ष बिदुर शर्मा लगायत संघ संस्थाका प्रमुख तथा प्रतिनीधीहरूको समेत सहभागीता रहेको थियो।

उनीहरूले नेपाली पोशाकको जगेर्ना गर्नुपर्नुमा जोड दिदैं जहां भए पनि नेपालको शिर उचों राख्न योगदान गर्नुपर्नेमा जोड दिएका थिए। पत्रकार महासंघ कोरियाका अध्यक्ष समेत रहेका कार्यक्रमका संयोजक मैनालीले राष्ट्रिय पोशाकलाई सबैले मायाँ गर्नुपर्ने र नेपालमा पनि टोपी दिवस मनाउंदै आईएकोले यस बर्ष देखि कोरियामा पनि मनाउन शुरू गरिएको बताए। उनले यूवाहरूले उत्साहजनक सहभागिता जनाएको भन्दै खुशी व्यक्त गरेका छन्।





Comments

comments

Leave a Reply

10342