Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

वेस्ट्रन शैलीको रक गीतमा बीनु

राम ढुंगेल / एचकेनेपाल डट कम –
काठमाडौं, नेपाली संगीतमा नयाँ आयाम कोर्ने अभिलाषासहित बीनु लामिछाने मगर वेस्ट्रन शैलीको रक गीतका साथ देखा परेकी छिन्। चार वर्षअघि आयो झरी ‘बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा पाइला टेकेकी बिनुले ‘रातो टीका’ बोलको नयाँ शैलीको गीत भर्खरै बजारमा ल्याएकी छिन्। पश्चिमी रकिङ शैलीको उक्त गीत नेपाली संगीत पारखीहरुका लागि बिल्कुलै नयाँ कोसेली हुने दाबी गायिकाले गरेकी छिन्।

रातो टीका निधारमा हातमा चुरा
राम्री छु भन्छन् सबले गर्छन् मेरै कुरा
आइदेऊन मेरो छेउमा लाइलेऊ चोखो पिरती
बिताउन चाहन्छु म तिमीसँग सारा जिन्दगी

बीनु लामिछाने

चर्चित मोडल सुप्रिया कट्वाल र देवेन्द्र दुवालको अभिनय रहेको उक्त गीतको म्युजिक भिडियो पनि समन अधिकारीको निर्देशनमा बनेको छ। परम्परागत भिडियोभन्दा फरक तरिकाले यो भिडियो बनेको निर्देशक अधिकारीले बताए। विभिन्न टेलिभिजन च्यानल र यूट्युबमा सार्वजनिक भिडियो रेक्यु क्रियसनले बजारमा ल्याएको हो।

मौलिक नेपाली शब्दलाई वेस्टन रकिङ शैलीमा गाएर नेपाली संगीतमा नवीन प्रयोग गरेको गायिका लामिछानेले बताएकी छिन्। यो गीतले नेपाली सागीतमा नयाँ बाटो कोर्ने कलानिधी संगीत महाविद्यालयमा संगीतको औपचारिक अध्ययन गरिरहेकी पौराइ, रौतहटकी गायिका लामिछानेले जानकारी दिइन्।

बाल्यकालमै गीतहरु भनेपछि हुरुक्कै हुने लामिछाने गीतसंगीतको नशाले काठमाडौंमा संघर्ष गरिरहेकी छिन्। सुरुमा लोकगीतप्रति झुकाव राख्ने उनले संगीतको औपचारिक अध्ययन र निरन्तरको साधनाले सबै प्रकृतिका गीतहरु गाउने बताइन् । कविता, गीत र गजल लेखनमा रुचि राख्ने लामिछाने आफै शब्द रचना गर्छिन् संगीत पनि भर्छिन्। त्यसो त गीतका शब्दलाई श्रृतिमधुरताका साथ स्वरमा ढाली गीतलाई जीवन्त र कर्णप्रिय पार्न आफू सिपालु रहेको गायिका बिनु बताउँछिन्।

भिडियो हेर्नुहोस्।





Comments

comments

Leave a Reply

10370