Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बेल्जियममा यसरी मनाइयो किराँत उधौली चासोक तङ्गनाम – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेल्जियममा यसरी मनाइयो किराँत उधौली चासोक तङ्गनाम

मणि राई, इन्दिरा चाम्लिंग राई / एचकेनेपाल डट कम –
ब्रुज बेल्जियम, बेल्जियमको पर्यटकीय सहर ब्रुजमा संयुक्त किराँत समाज बेल्जियमले नेपाली “किराँती चाड उधौली २०१५ चासोक तङ्गनाम” यसै हप्ता धुमधामका साथ मनाएका छन।

नेपालबाट आउनुभएका अग्रज अतिथि टेक बहादुर काङ्गबाङ् लिम्बु र सम्रोती फेम्बू लिम्बुले संयुक्त रूपमा किराँती चाडको द्वीप प्रज्वलन गरि उदघाटन गर्नुभएको थियो।

समाजका अध्यक्ष मुना राईको सभापतित्वमा बिभिन्न सामाजिक संघसंथाका विशिष्ट ब्याक्तिहरुको उपस्थिति सहित भब्यरुपमा कार्यक्रम सम्पन्न गरेको हो। पुर्खाहरुको गहन अध्ययन ,अनुसन्धान , मेहनत र अनुभबबाट शृष्टि गरिएको संस्कृति परमपराहरुलाई सभ्य र असल तरिकाले जिउने आधार मानेर परदेशी भूमिको व्यस्तता र बाध्यताको बाबजुद पनि आफ्ना संस्कार , संस्कृति र पहिचानको महत्वमा जागरुक सचेत किराँती जनसमुदाय र गैर किराँत जनसमुदायको उक्त कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो।

त्यसैगरि कार्यक्रममा उपस्थित मान्यजनहरु एनआरएनका कमल पन्थी , एभरेष्ट समाज ब्रुजका महासचिब कमल सिटौला , बेलायतबाट पाल्नु भएका अतिथि कवयित्री जानु काङ्गबाङ्ग लिम्बु र किरात समाजको सदस्य एवं नेपाल पत्रकार महासंघ युरोप शाखाले अध्यक्ष केजिन राई लगायत थुप्रै महानुभाबहरुले किराँत उधौली चाडको शुभकामना मनतब्य दिनुभएको थियो।

कार्यक्रममा संस्थाकै बरिष्ठ उपाध्यक्ष बिमल सुब्बाले उपस्थित सबै पाहुनाहरुलाई स्वागत मन्तब्य दिदै हार्दिक स्वागत गर्नुभएको थियो भने संस्थाकै सल्लाहकार माकुना राई र डम्बर लिम्बुले कार्यक्रम संचालन गर्नु भएको थियो।

सदस्य मणि कुमार राईले चासोक तंगनाम , साकेला , फोलस्यादर बारे प्रकाश पारेको उक्त कार्यक्रममा किराँती कलाकारहरु शुशिला लिम्बू , सुनिता लिम्बू , रजिना लिम्बू , अञ्जना लिम्बू , शृजना लिम्बू , खगेन लिम्बू , लोकेन लिम्बू ,निश्चल लिम्बू , निशान लिम्बू , प्रताप लिम्बू , गङ्गा लिम्बू , निकिता लिम्बू , स्मिता राई शोभा लिम्बू , पूर्ण लिम्बू काङ्गबाङ्ग र मणि राईले बिभिन्न किराँती नृत्य साकेला , च्याब्रुङ्ग , धाननाचका साथै अन्य बिबिध नृत्यहरु प्रस्तुत गरि भरपुर मनोरंजन गराउनुको साथसाथै थरिथरिका नेपालि स्वादिष्ट भोजन र प्याय पदार्थ निशुल्क प्रदान गरि भब्य रात्रि भोजको ब्यबस्था गरेको थियो। रात्रि भोजपछि घन्टौसम्म सामुहिक नृत्यमा बेल्जियमबासी किरातीहरू रमेका थिए।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

10368