Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जापानमा २१ औं ल्होछार साँझ सम्पन्न, अध्यक्षमा श्री गुरुङ निर्वाचित

एचकेनेपाल डट कम –
टोक्यो। तमु धीं जापानलले आयोजना गरिएको २१ औं ल्होछार साँझ भव्यताका साथ सम्पन्न भएको छ। आफ्नो कला-संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्दै लैजाने उद्देश्यले हरेक वर्ष नेपालबाट ख्यातिप्राप्त कलाकारहरुलाई निमन्त्रणा गरी सांस्कृतिक कार्यक्रमको साथमा ल्होसार कार्यक्रम मनाउँदै आईरहेको थियो।

२१ औं ल्होसार साँझमा नेपालबाट सुप्रसिद्ध नायक, गायक तथा गण्डकी तारा मनोज गुरुङ र लोक दोहोरी गायिका ईन्द्र गुरुङ साथमा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुतिहरुका साथ टोक्यो शिन्जुकु, खाबुकी चो अवस्थित युनिभर्सल सिटी हलमा जनवरी २ तारिख शनिबार भव्यताका साथ सम्पन्न भएको हो।

धींका अध्यक्ष भिम गुरुङको सभापतित्व तथा धीका बरिष्ठ उपाध्यक्ष श्री गुरुंग संयोजक रहेको २१ औं ल्होसार साँझ २०१६ का प्रमुख अतिथि नेपाली राजदूताबास जापानका प्रतिनिधि श्री रेवन्त के.सी. र धींका अध्यक्ष भिम गुरुङले पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

ल्होसार साँझमा उपस्थित प्रमुख अतिथि, बिशेष अतिथि,बिभिन्न संघ-संस्थाका अतिथि तथा दर्शक महानुभाबहरुलाई धीका बरिष्ट उपाध्यक्ष तथा २१ औं ल्होसार साँझका संयोजक श्री गुरुंगले स्वागत भाषण मार्फत स्वागत साथै शुभकामना दिनु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूताबास जापानका प्रतिनिधि रेवन्त केसीले बिदेशी भूमिमा रहेर पनि गुरुङ जातिहरुले आफ्नो,सस्कार सस्कृति र परम्परालाई बचाई राख्न २० औं बसन्त पर गरि २१ औं बसन्तको लागि शुभकामना दिनु भएको थियो।

बिशेष अतिथि क्रमशः जनजाति महासंघ जापानका अध्यक्ष पासांग सेर्पाले कार्यक्रम सफलताको शुभकामना तथा तमु धीं जापानलाई धन्यवाद दिनु भएको थियो भने एनआरएन आईसीसी सदस्य ओम गुरुङले लामो समयदेखि ल्होसार तथा रोधी साँझ जस्ता जातीय पहिचान झल्कने कार्यक्रमहरु गर्दै आएकोमा गर्ब लागेको र आफूलाई यो स्थानसम्म ल्याई पुराउनुमा तमु धीं जापानको ठूलो योगदान रहेको बताउनु भएको थियो।

ल्होसार साँझमा नेपालबाट पाल्नु भएका प्रमुख कलाकार मनोज गुरुङ र इन्द्र गुरुङलाई धीका अध्यक्ष भिम गुरुंगले खादा तथा फूलको गुच्छा दिई स्वागत गर्नु भएको थियो।

राष्ट्रिय गीतले सुरु गरिएको २१ औं ल्होसार साँझमा स्थानीय गायक अमर गुरुङ र बिमला गुरुङले सामुहिक रुपमा गुरुङ भाषाको स्वागत गीत गाउनु भएको थियो। अतिथि कलाकार मनोज गुरुंगले गुरुङ भाषाका गीतहरु साथै दोहोरी गायिका इन्द्र गुरुङले लोक गीतहरु पस्केर दर्शकहरुलाई नचाएका थिए।

कार्यक्रममा कोरियाग्राफी अरमान गुरुङ्को संयोजकत्वमा स्थानीय कलाकारहरु अम्बिका गुरुङ,रिता गुरुङ,सुमा गुरुङ, कृपा गुरुङ,बिमला गुरुङ,सुष्मा गुरुङ,अनिशा गुरुङ, अनु मगर, रिना लिम्बु,कल्पना लामा, चन्द गुरुङ,मोनिका गुरुङ, गुरुङ चलचित्रका नायक मान गुरुङ र धींका सल्लाहकार तथा ब्रोसेस ब्यान्डका सदस्य ओम प्रकाश गुरुङको बेजोड नृत्यले दर्शकको मन जित्न सफल भएको थियो।

सोही अवसरमा नयाँ बर्षको सांगीतिक कार्यक्रममा अमेरिकाबाट जापान आउनु भएका कलाकार प्रेमराज महतलाई तमु धिं जापानले सम्मान गरिएको थियो।

प्रत्येक २/२ बर्षमा गरिने तमु धीं जापानको अधिबेशन यसै ल्होसार साँझमा २०१६ -२०१७ को लागि श्री गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ! जसमा अध्यक्ष श्री गुरुङ, बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, उपाध्यक्ष युक्तमान गुरुङ, उपाध्यक्ष हिमाली गुरुङ, महासचिब अमर गुरुङ, सचिब यामा गुरुङ, कोषध्यक्ष प्रकाश गुरुङ, उपकोषध्यक्ष अनिला गुरुङ, प्रबक्तामा राम गुरुङ सदस्यहरुमा चित्र गुरुङ,पदम गुरुङ,लक्ष्मी गुरुङ, संजय गुरुङ,मेनुका गुरुङ,रमेश कुमार गुरुङ,नबिन गुरुङ, युवा संयोजक लिल गुरुङ,प्रचार प्रसार संयोजक मनोज घले,संस्कृतिक संयोजक अरमान गुरुङ,खेलकुद संयोजक सौगात गुरुङ,खेलकुद आर्थिकमा अमृत गुरुङ र बुद्ध गुरुङ, होमपेज संयोजकमा ताई काजी गुरुङ र सुरज गुरुङ,भिडिओ / क्यामेरा संयोजक खड्का सिङ गुरुङ, प्राबिधिक जितमान गुरुङ सल्लाहकारहरुमा भिम गुरुङ,हर्क गुरुङ,ओम प्रकाश गुरुङ,पदम गुरुङ (पच्यु),बिष्ट गुरुङ, याम गुरुङ,गणेशमान गुरुङ र कर्ण गुरुङ चयन गरिएको छ। साथै संरक्षकहरुमा ओम गुरुङ, ईश्वर गुरुङ दिनेश गुरुङ रहनु भएको छ भने केही रिक्त रहेको पदहरु आगामी बैठकले मनोनित गरिने जनाएको छ।

पहिलो चरणको कार्यक्रम धींका महासचिब अमर गुरुङले संचालन गरिएको थियो भने सांस्कृतिक कार्यक्रम माया गुरुंग र पुनम गुरुंगले संचालन गरिएको थियो। धींका संरक्षक तथा नमस्ते ब्याण्डका संस्थापक ईश्वर गुरुङले तमु धीं जापानको आजीबन सदस्य तथा गत बर्षको मे महिनामा तमु धीं जापानले आयोजना गरिएको ” नेपथ्य लाईभ ईन टोक्यो २०१५ ” मा सहयोग गर्नु हुने सम्पूर्ण महानुभाबहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

10373