पोखरामा ‘बाग्मती’को पत्रकार सम्मेलन

माधव भुषाल / एचकेनेपाल डट कम –
पोखरा १९ पौष । ‘नेपाल पहिलेको नेपाल रहेन तर राजेश उही राजेश हो’। यही पौष २४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म बाग्मतीको पत्रकार सम्मेलनमा आइतबार पोखरामा राजेश हमालले फिल्मको डायलग सुनाए। साथै फिल्म राम्रो बनेको र दर्शकले मन पराउनेमा पनि आफु आशावादी रहेको बताए।

‘निर्देशकले मलाई एउटा फरक भूमिकामा देखाउन खोज्नुभएको छ, आशा छ यसलाई दर्शकले मन पराउनेछन्’ उनले भने।

यस्तै फिल्मकी नायिका श्रेया कार्की अग्रज कलाकारहरु सँग काम गर्न पाउदा निकै खुसी लगेको बताइन्। फिल्ममा आफूलाई दिएको भूमिकाप्रति न्याय गरेको उनको भनाइ छ। श्रेया बाग्मतीबाट नेपाली फिल्म श्रेत्रमा डेब्यु गर्दैछिन्।

कार्यक्रममा बोल्दै फिल्मका निर्माता दिनेश दर्शनधारीले फिल्मलाई दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए । ‘फिल्म राम्रो बनेको छ’ उनले भने ‘दर्शकहरुले यो फिल्मलाई साथ दिनुहुनेछ भन्ने पुर्ण विश्वास छ।’

आफ्नो फिल्मले नेपाली फिल्म उद्योगमा चलिरहेको ट्रेण्डलाई समेत बदल्ने उनको भनाई थियो । ‘प्राय नेपाली फिल्महरु बजेटदेखि लिएर हरेक कुरामा कम्प्रोमाइज गरेर बनाइरहेको जस्तो देखीन्छ, तर यस फिल्ममा कुनै कुराको कम्प्रोमाइज गरिएको छैन र यसले नेपाली फिल्मको स्तरीयतालाई बदल्ने छ’ उनले भने। जसका कारण फिल्म नेपालकै महंगो बनेको उनको दाबी छ।

फिल्ममा राजेश हमाल, श्रेया कार्की बाहेक शिव श्रेष्ठ, रविकर घिमिरे लगायतको अभिनय रहेको छ। फिल्मलाई साउथ इण्डीयन फिल्ममा निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् भने दिनेश दर्शनधारी र विजय सत्याल यसका निर्माता हुन्।





Comments

comments

Leave a Reply

10380