Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रेडकर्नर नोटिस जारी गरेर कार्कीलाई पक्रने तयारी

‘वित्तीय आतंक’का रूपमा चर्चित बैंक घोटाला प्रकरणमा एक अर्ब २० करोड जरिबाना र डेढ वर्ष कैदसजाय तोकिएका बैंक सञ्चालक पवनकुमार कार्कीलाई अमेरिकाबाट पक्राउ गर्न इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’जारी गरिने भएको छ।

क्यापिटल मर्चेन्ट बैंकका सञ्चालक रहेका कार्कीलाई पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासबाट बैंकिङ कसुर मुद्दामा गत वर्ष वैशाख २९ गते जेल र जरिबानासहित अन्तिम फैसला भएको थियो। फर्जी फर्मका नाममा धितो प्रवाह गरेर बैंक डुबाएको अभियोगसहित उनीविरुद्ध नेपाल राष्ट्रबैंकको जाहेरीअनुरूप ४० थान मुद्दा दायर गरिएको थियो।

प्रत्येक मुद्दामा डेढ वर्ष कैद सजाय तोकिएको छ। सबै कैद जोड्दा ६० वर्ष हुन आउँछ। एउटै अभियोगमा माथिल्लो कैद भुक्तान गरेपछि बाँकी मिनाहा हुने कानुनी प्रावधान छ।

कार्कीलाई अदालतबाट कुल एक अर्ब २० करोड ९३ लाख ९७ हजार एक सय ४१ रुपैयाँ ५४ पैसा जरिबाना तोकिएको छ। मुद्दा चलेदेखि नै फरार रहेका कार्की अमेरिकामा लुकेर बसेको सुराक पाएपछि उनीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न लागिएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

नक्कली फर्म खोलेर सम्धी, छोरी, ज्वाइँ, साला, जेठानलगायत आफन्तका नाममा करोडौं ऋण प्रवाह गरेर घोटाला गरेको अभियोग कार्कीविरुद्ध थियो। काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन दस्ताको आग्रहअनुरूप नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कार्कीलाई पक्राउका लागि इन्टरपोलसँग लिखित आग्रह गर्ने भएको छ।





Comments

comments

Leave a Reply

10387