Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियाका नेपाली राजदूत लामाबाट राज्यको ‘ढुकुटी दोहन’

दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिङ लामाले आफ्नो निवासको भाडा वास्तविकभन्दा बढी देखाएर मासिक दुई लाखभन्दा बढी नेपाली रुपैयाँ अनियमितता गरेको दूतावास स्रोतले आरोप लगाएको छ।

राजदूत निवासका लागि मासिक भाडादर ५० लाख वन दिनेगरी सन् २०१३ मा दूतावास र त्यहाँको एक निजी कम्पनी (फुदोंगसान) बीच सम्झौता भएको थियो। राजदूत लामाले भने परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई मासिक भाडादर ७५ लाख वन बुझाइरहेको सम्झौता देखाएर सरकारी ढुकुटीको अनियमितता गर्दै आएको स्रोतले बताएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

मासिक २५ लाख वन (दुई लाख २५ हजार रुपैयाँभन्दा बढी) सरकारी रकम उनले घुमाउरो बाटोबाट आफैंले लिने गरेको आरोप छ। सोलस्थित दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार राजदूत निवासको भाडादर ७५ लाख वन छ।

सन् २०१३ अप्रिलमा दूतावास सरेपछि सोही महिना व्यक्तिगत प्रयासमा लामाले आफ्नो निवास भाडामा खोजेका थिए । राजदूत लामाले फुदोंगसान (घर वा फ्ल्याट भाडामा खोजिदिने कार्यालय) का माध्यमबाट घरभाडा निश्चित गरेका थिए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

10384