न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ फेब्रुअरी। अर्जेन्टिनाको विश्वकप विजेता तथा फुटबल लिजेन्ड लियोनल मेस्सी र उनको इन्टर मियामी टोली शुक्रबार हङकङ आइपुगेको छ।
उनी आफ्नो टोलीसहित निजी जेटमा आज दिउँसो करिब ३ बजे हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका हुन्। दुई दिनपछि आइतवार हङकङ इलेभेनसँग हुने मैत्रीपूर्ण खेलका लागि उनीहरु हङकङ आएका हुन्।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)