Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अोलीले किन पूर्वसभामुखलाई उपनेता बनाए …?

मुलुकमा एउटा पार्टी छ, नेकपा(एमाले)। नयाँ शक्ति बनाउने भन्दै हिडेका डा बाबुराम भट्टराईले त एमालेको लिङ्ग नछुट्टिएको भन्दै सार्वजनिक रुपमा नै आलोचना गर्दथे। जस्तो निर्णय गरे पनि हुने, जता अर्थ लगाएपनि हुने भएकाले उनले त्यसो भनेको बताउँथे। पछिल्लो पटक एमालेभित्र सोही प्रवृत्ति पुनारावृति भएको छ।

सभामुख भइसकेको व्यक्तिलाई एमालेले संसदीय दलको उपनेता बनाएको छ। त्यो पनि केही ओलीको प्रस्तावमा । सभामुख राज्यको मर्यादा क्रममा पाँचौ नम्बरमा पर्ने व्यक्ति हुन्। राज्यको पद र प्रतिष्ठामा रहेका र दश वर्ष भन्दा लामो समय सभामुख चलाइसकेका व्यक्ति त्यो भन्दा माथिल्लो पदमा जान खोज्छ। तर नेम्वाङ पद र प्रतिष्ठाको ख्याल नगरिकन एमालेको संसदीय दलको उपनेता बनेका छन्।

पार्टीको अर्को गुट माधवकुमार नेपाललाई थाहै नदिइ संसदीय दलका नेता समेत रहेका ओलीले आफ्नै गुटका नेम्वाङलाई उपनेता र आफ्नै गुटका भानुभक्त ढकाललाई प्रमुख सचेतक बनाएका छन्। आफूहरुसँग कुनै सल्लाह नै नगरिकन उपनेता र प्रमुख सचेतक बनाएको भन्दै ओली विरुद्ध मोर्चा बन्दी लडाईमा उत्रने माधव नेपाल पक्षले बताएको छ।

नेपाल पक्षले ओलीले शक्ति र प्रभावको बलमा आफूखुसी गरेको भन्दै मोर्चा बनाएर लडाई गर्ने चेतावनी दिएको छ। मन्त्री छनौटमा आफूखुसी गरेको, मन्त्रालय फोडेको, राज्यकोषको दोहन गरेको भन्दै नेपाल पक्षले सडकमा नै ती विषय लैजाने तयारी गरेको खबर आजको जनआह्वान साप्ताहिक पत्रिकाले छापेको छ।

माधव नेपाल पक्षले उपनेतामा सुरेन्द्र पाण्डे र सचेतकमा राजेन्द्र पाण्डेलाई बनाउन चाहेको थियो। एमाले संसदीय दलमा नेपाल पक्षलाई पूर्ण रुपमा बढारिएको छ। संसदीय दलको नेतामा ओली छन्। उपनेतामा नेम्वाङलाई ल्याइपछि प्रमुख सचेतकमा ढकाल ल्याइएको छ। सचेतकमा ओली गुटका गोकुल घर्ती छन्। संसदीय दलमा आफ्ना पक्षलाई पेलेको भन्दै नेपाल पक्षले ओली विरुद्ध वारपारको लडाई गर्ने बताएका छन्।





Comments

comments

Leave a Reply

10460