Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

किन खोज्दैछ चिनियाँ ‘मामा’ प्रहरी?

आठ वर्षदेखि नेपालमा बस्दै आएका विक्रम र विवेक मित्तलको देखिने व्यवसाय सुन कारोबार हो। न्युरोडस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालक यी दाजुभाइको असली धन्दा भने प्रहरीले शुक्रबार मात्र खोलिदियो।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भारत, पश्चिम बंगालका मित्तल दाजुभाई चिनियाँ र भारतीय व्यापारीसँग मिलेर वैध व्यापारको अवधारणामा सुन तस्करीमा संलग्न रहेछन्।

प्रहरीले शुक्रबार नौ किलो सुनसहित मित्तल दाजुभाइ र उनीसँग तस्करीको सुन किन्न आएका भारतीय नागरिक भागीरथ चौधरीलाई पक्राउ गरी सुन तस्करीको जालो केलाउन थालेको खबर आजको नागरिक दैनिकमा छ।

महाशाखाका एसएसपी सर्वेन्द्र खनाल प्रारम्भिक अनुसन्धानमा उनीहरु सुन व्यापारीको आवरणमा लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको खुलेको बताउँछन्। उनका अनुसार चीनमा रहेका मामा नामका व्यक्तिले नेपाली भरियामार्फत सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भन्सार छलेर सुन काठमाडौं पठाउने र मित्तल दाजुभाइले स्थानीय बजार र भारतसमेत पठाउने गरेका थिए।





Comments

comments

Leave a Reply

10481