Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राईको अर्को म्युजिक भिडियो दुबईमा छायांकन

राम ढुंगेल / एचकेनेपाल डट कम –
दुबई। यूएईको नेपाली समुदायमा प्रतिभाशाली गायकको रुपमा चर्चित बन्दै गएका भेडेटार धनकुटाका नन्दु राईले अर्को एक गीतको म्युजिक भिडियोको छायांकन दुबईमा गरेका छन्।

केही साताअघिमात्र उनको परदेशमा आइयो बोलको म्युजिक भिडियोको दुबईमै छायांकन भएको थियो।

लोकगीत, पपगीत तथा लोकपपगीतको फ्युजन गरी कर्णप्रिय गीत गाउन सिपालु राईले यसपालि आधुनिक गजल विधाको गीतको भिडियो बनाउन लागेका हुन् । सुसेली एल्मबको एक गीत पिउन बाँकी छ…को म्युजिक भिडियो नेपाली संगीतपारखीहरुसमक्ष चाँडै सार्वजनिक गर्ने राईले बताएका छन्।

करिब ८ वटा गीतमा मोडलिङ गरिसकेकी यूएईको नेपाली मोडलिङमा चर्चाको शिखरमा रहेकी सारिका सुनारलाई यस भिडियोमा साथ दिएका छन् साहिद न्यौपानेले भने लिपसिनमा गायक राई नै रहनेछन्।

दुबईका रमणीय स्थानहरु देरा, आब्रा, यूएईका नेपालीहरुबीच लोकप्रिय सिल्भरस्पुन रेस्टुरेन्टमा छायांकन गरिएको भिडियो सम्पादनको क्रममा रहेको छ।

प्रतिभाशाली गायक राईकै शब्द, संगीत र स्वर रहेको यो गीत ओपस स्टुडियोमा रेकर्डिङ गरिएको हो। टेकेन्द्र याक्सो एरेन्जर रहेको गीत सेन्टिमेन्टल भावमा रहेको र यसको भिडियो वियोगान्त बन्ने निर्देशक मुनाल कोइरालले बताएका छन्।

संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिइरहेका राई यूएईका नेपाली सांगीतिक मञ्चहरुमा छाइरहेका यो समयका सक्रिय गायक हुन्। सबै प्रकृतिका गीत गाउन पोख्त गायक राई क्यारिकेचर पनि सिपालु छन्। उनै नन्दु आफ्ना दुई वटा लोकप्रिय गीतको म्युजिक भिडियो सार्वजिक गर्ने तयारी गरिरहेका छन्। गायक राईलाई सांगीतिक सफलताको अग्रिम शुभकामना।





Comments

comments

Leave a Reply

10488