Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सिन्धुलीको जाडो छेक्न तमु धिं नेपाल सिन्धुली प्रस्थान

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २६ पौष। सिन्धुली जिल्ला मजुवा गाविस टार गाँउको जाडो छेक्न तमु धिं नेपालको एक टोली आइतवार सिन्धुली प्रस्थान गरेको छ।

भूकम्प पीडित टार गाउँबासी जाडोबाट अत्यन्तै समस्या परेपछि तमु धिं नेपालका सचिव गिरीप्रसाद गुरुङ, सहसचिव अधिवक्ता जुनाकुमारी गुरुङ, कार्यसमिति सदस्य दुर्गाबहादुर गुरुङ, तमु धिं नेपाल आमा समितिका कोषाध्यष पवित्रा गुरुङको टोली सामग्रीसहित सिन्धुली प्रस्थान गरेको हो।

विनासकारी महाभूकम्पले पीडित बनाएको बेला १०५ दिन भूकम्प प्रभावित पुर्नस्थापना केन्द्र सञ्चालन गरी करिब १ हजार ७ सय जनालाई सेवा र करिब १ करोड राहत वितरण गरेको तमु धिं नेपालले सिन्धुली जिल्लाको मजुवा गाविस वडा नं. ६ स्थित टार गाउँमा रहेका १५३ जना पीडितलाई तातो स्वेटर, टोपी, ब्लाङ्केट, म्याट्रे लगायतका करिब ३ लाख रुपैयाको राहत सामग्री वितरण गर्ने भएको छ।

तमु धिं नेपाल पोखराबाट प्रस्थान गरेको टोलीले सोमवार राहत सामग्री वितरण गर्ने सहसचिव जुनाकुमारी गुरुङले जानकारी दिनुभयो।

तमु धिं नेपालले स्थापना गरेको भूकम्प पीडित राहतकोषमा रहेको रकम भूकम्पबाट अत्यन्तै प्रभावित क्षेत्रमा उपयुक्त निर्माण वा राहत प्रदान गर्न यस अघि नै तमु धिं नेपालका द्धितिय उपाध्यक्ष अधिवक्ता अनिता गुरुङको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरी क्रियाशील रहेको छ।





Comments

comments

Leave a Reply

10493