Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पृथ्वीजयन्तीको अवसरमा मोर्चाले के भन्यो…?

एचकेनेपाल डट कम संवाददाता –
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा संयुक्त सनातन मोर्चाले एक प्रेस विज्ञप्ति जारी गरी राष्ट्रियता र राष्ट्रिय एकताको धरोहरमाथि देशी विदेशी फिरिङ्गीहरूबाट प्रहार भइरहेको तर्फ सजग हुन आव्हान गर्दै सबै नेपालीलाई आपसी मनमुटाव त्यागेर एकताबद्ध भई नेपाल र नेपालीको भलाईको लागि अगाडि बढ्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरेको छ।

मोर्चाका केन्द्रीय संयोज पदमराज पाण्डेले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह सरकारबाट राज संस्थामार्फत जसरी नेपाल राष्ट्र निर्माणको भूमिका खेलिबक्यो र त्यसैको परिणाम स्वरूप आज पनि सगौरव रूपमा नेपाल–नेपालीको पहिचान विश्वसामु रहेको छ’ उल्लेख छ।

विज्ञप्तिमा अगाडि ‘देशी–विदेशी फिरिङ्गीहरूबाट राष्ट्रियता र राष्ट्रिय एकताको धरोहरमाथि प्रहार गरी नेपाल र नेपालीको अस्तित्त्व नै समाप्त पार्ने षड्यन्त्र भइरहेको अवस्थामा पृथ्वी रहेसम्म नेपाल, नेपाली र राजसंस्था बीचको गहिरो सम्बन्ध राष्ट्रिय अखण्डताको लागि अझै सुमधुर रूपमा अगाडि बढाउंदै लैजान पर्ने अवस्था छर्लङ्ग भएको छ। जुन कुरालाई हृदयङ्गम गरी आपसी मनमुटावलाई त्यागेर एकताबद्ध रूपमा नेपाल र नेपालीको भलाईको लागि अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिलोस पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस (२०७२ पौष २७) को उपलक्ष्यमा संयुक्त सनातन मोर्चा यही शुभकामना व्यक्त गर्दछ।’ भनिएको छ।





Comments

comments

Leave a Reply

10491