Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

शाहरुखलाई सलमानले रिप्लेस गर्ने

सन् २०१६ को फिल्म फेयर अवार्ड ‘होस्ट’ गर्न बलिउड अभिनेता सलमान खान तयार भएका छन्। यसअघि यो कार्यक्रम अर्का अभिनेता शाहरुख खानले सञ्चालन गर्न सक्ने अनुमान थियो।

तर, सलमानले शाहरुखको भन्दा धेरै पारिश्रमिक लिएर यो कार्यक्रम सञ्चालन गर्ने भएका छन् । उनले कार्यक्रमका लागि साढे दुई करोड भारतीय रुपैयाँमा सम्झौता गरेका छन्। यस विषयमा भारतीय मिडियाले विशेष स्रोतको हवाला दिँदै लेखेका छन्, ‘अवार्ड समारोह होस्ट गर्न अहिले सलमान पहिलो च्वाइस बनेका छन्। फिल्म फेयर अवार्डका लागि पनि उनी चयन भएका छन् । शाहरुखलाई सलमानले रिप्लेस गर्नुको कारण पनि ‘बिगबोस’बाट सलमानले पाएको लोकप्रियता हो।’ नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

10586