Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आज माघे संक्रान्ति मनाइँदै, यस्तो छ माघे संक्रान्ति मनाउनुको कारण र अर्थ

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १ माघ। माघे सङ्क्रान्ति पर्व आज मुलुकभरि विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै घिउ-चाकु, तिलको लड्डु र तरुल खाई मनाइदैछ।

ज्योतिष शास्त्र अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ । आजैदेखि दिन लामो हुने र रात छोटो हुंदै जाने विश्वास गरिन्छ।

लड्डु तथा घिउ-चाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेपाल भाषामा ‘घ्यो-चाकु साल्हु’ भनिन्छ।

यस पर्वमा नेपालका देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गङ्गासागरलगायतका नदी तथा त्रिवेणीमा स्नान, दान, श्राद्धलगायतका कार्य गर्नेको ठूलो भीड लाग्छ।

भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यो दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनाका साथै निरोगी होइने उल्लेख छ।

आयुर्वेद र चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्यपदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायतका तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसंग लड्ने क्षमता प्रदान गर्ने उल्लेख छ।

शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढाउने, तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।

यसै दिन भक्तपुरको टौमढीटोलमा तिलमाधवनारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गर्ने गरिन्छ। थारू समुदायमा यो पर्व ‘माघी’ पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। आजका दिन मासको दाल र चामल मिसाइएको खिचडी खाने पनि चलन छ।





Comments

comments

Leave a Reply

10580