सरिता गुरुङ / एचकेनेपाल डट कम –
सिक्लेस। कला, संस्कृति र परम्पराको धनी गाउं सिक्लेसमा माघ मेला साथै परम्परालाई निरन्तरता दिदै यो बर्ष पनि छेलो कार्यक्रम सम्पन्न भएको छ।
छेलो प्रतियोगितामा सिक्लेस वरपरका युवाहरुले सहभागीता जनाएकामध्ये याङ्जाकोटका २१ बर्षीय सरोज गुरुङ प्रथम भएका छन् भने सिक्लेस निवासी मोहन गुरुङ द्वित्तीय भएका छन्।
बिजेताहरुलाई अबिर जात्रा गरी सिक्लेस ५ सभाचोकमा ल्याई सम्मान कार्यक्रम गरियो। यसपटक मनाइएको २१ औ सिक्लेस मेला हरेक बर्ष माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने गर्छ।
तस्वीरः सरिता गुरुङ। सिक्लेस