Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कथित ‘डन’ हरु अझै अवैध धन्दामै

कथित ‘डन’ अर्थात गुन्डा नाइके दीपक मनाङ्गे र अभिषेक गिरीका विषयमा तपाईलाई चासो लाग्न सक्छ, उनीहरू कता हराएका छन् भनेर। चिन्ता गर्नु पर्दैन उनीहरूलाई आजकाल काठमाडौंको बबरमहलस्थित विशेष अदालततिर बाक्लै भेट्न पाइन्छ।

कुनै समय राजधानीमा ‘डन’ अर्थात गुन्डा नाइकेको नामले चर्चित मनाङ्गे विशेष अदालतमा तारिख लिंदालिंदै हत्तु भएका छन्।

अबैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा पक्राउ परेर मुद्दा खेप्दै आएका मनाङ्गेले सोही अभियोगमा मुद्दा झेलिरहेका छन् । उनी प्रत्येक महिना विशेष अदालत धाउने गर्छन्। मनाङ्गेले सम्पत्ति सुद्दीकरण मुद्दामा माघ ४ गते विशेष अदालतमा तारिख बुझेका छन् । उनको मुद्दा विशेष अदालतका न्यायाधीश महेशप्रसाद पुडासैनीको इजलासमा परेको थियो। अकुत सम्पत्ति कमाएको अभियोग लागेका मनाङ्गेविरुद्ध सम्पत्ति सुद्दीकरण विभागले २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

धरौटीमा रिहा भएका मनाङ्गेले आफ्नो सम्पत्ति आफू खुसी चलाउन पाउँदैनन्। धम्काएर, चन्दा असुलेर, टेन्डरका नाममा रकम लिएर, अपहरण, फिरौती आदिबाट मनाङ्गेले अकुत सम्पत्ति कमाएको आरोप छ।

करोडौंको सम्पत्तिको स्रोत देखाउन नसकेपछि मनाङ्गेविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। उनको केही अवैध सम्पत्ति भने उमेश लामाको नाममा रहेको खबर यूनाइटेड पोष्ट साप्ताहिकमा छ।

अभिषेक गिरी

अभिषेक गिरीयसैबीच, विराटनगरतिरका गुन्डा नाइके अभिषेक गिरी पनि सोही मुद्दामा आजकाल विशेष अदालततिरै भेटिने गर्छन् । माघ ५ गते अभिषेक गिरीले पनि अकुत सम्पत्ति कमाएको अभियोगमा सम्पत्ति सुद्दीकरण विभागले दर्ता गराएको मुद्दाको तारिख लिएका छन् । उनको मुद्दा न्यायाधीश पवनकुमार शर्माको इजलाशमा परेको थियो । विराटनगरमा अभिषेशले आतंक मच्चाएको आरोप छ। उनले राजधानीमा पनि आफ्ना क्रियाकलापलाई जारी राखेको प्रहरीको भनाइ छ ।मनाङ्गे र गिरीले आफ्ना गतिविधिहरूलाई जारी राख्ने गरेको प्रहरीसँग सूचना छ।

उनीहरूले आफ्ना गतिविधिलाई सकेसम्म आफू संलग्न नभइ नेटवर्कमार्फत काम गर्दै आइरहेका छन् । मुद्दा खेपिरहेका कारण अन्य अभियोग लागेर असर पर्ने डरले उनीहरूले गोप्य रुपमा आफ्ना अवैध क्रियाकलाप गर्दै आइरहेका छन्।





Comments

comments

Leave a Reply

10668