Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रेम बिछोडका भावसहितको बन्धन – २ सार्वजनिक / हेर्नुहोस भिडियो

कमल न्यौपाने / एचकेनेपाल डट कम –
के तपाई आफ्नो नजिकको मान्छे बिना बाँच्न सक्नुन्छ ? के तपाई आफ्नो मनको मान्छे बिना हास्न सक्नुहुन्छ ? सायादै तपाई सक्नुहुन्छ होला। हामी मायामा यती तल्लिन भएका हुन्छौ नि कि आफूले माया गर्ने मान्छे एकैछिन पनि टाढा हुँदा सास लिना पनि गाह्रो भएको महशुस गर्दछौ। वास्तबमै दुई माया गर्ने मुटुमा अक अर्को बसेका हुन्छन । प्रेमिको मनमा प्रेमिका र प्रेमिकाको मनमा प्रेमी मात्र बसेका हुन्छन्।

हरेक पल हरेक क्षण उनिहरु एक अर्कोलाई मात्रै सोच्दछन्। लाग्छ उनिहरु एक अर्काको लागि मात्र बनेका हुन्। एक अर्काबाट छुट्टिदा उनीहरु पागलजस्तै बन्ने गर्दछन्। उनिहरु एक आपसमा दिल तोडी छोडेर नजाने वाचा कसम समेत खाएका हुन्छन्। तर सबै सधैंभरी सँगै रहन नसक्ने रहेछन्। कोही कसैको भाग्य भनौ या बिवशता भनौ, अलग हुन वाध्य हुन्छन एक अर्कासँग। तर पनि सधैं एक अर्काकै सम्झनामा बाच्ने र भावनालाई साथी बनाइ हास्ने गर्दछन्।

यस्तै यस्तै भावलाई समेटेर सर्जक नेत्र बन्धन केसीले आफ्नो नौलो प्रस्तुती बजारमा ल्याएका छन्। माया पीरतिका भाव समाबेश थुप्रै चर्चित गीत रचना र संगीत गरिसकेका केसीले बन्धन – २ मा यस्तै भावलाई स्थान दिएका छन्। नेत्र बन्धन केसीको शब्द / संगीत रहेको यस गीतमा भद्र वलिले स्वर भरेका छन। गीतलाई बन्धन म्युजिकले बजार ब्यवस्थापना गरेको छ । गीतलाई बिपिन आचार्यले एरेन्ज गरेका हुन। प्रज्वल, खुशी र प्रशंसाको अभिनय रहेको भिडियोको छायांकन गरेका हुन बासु बरालले। भिडियोलाई केसी आँफैले निर्देशन गरेका छ्न्।





Comments

comments

Leave a Reply

10684