न्युज अपडेटः मोरङमा प्रहरीको गोलीबाट ३ जनाको मृत्यु, प्रहरी चौकी र बसमा आगजनी, कर्फ्यू आदेश जारी…

विराटनगर, मोरङको पुरानो सदरमुकाम रंगेलीमा प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु भएको छ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको आभसभालाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोज्दा प्रहरीसंग भएको झडपमा दुईजनाको मृत्यु भएको जनाइएको छ।

प्रहरीको गोली लागेर एक महिलाको घटनास्थलमै र एक जनाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने महिलामा मोरङ चोपडा घर भएकी ५८ वर्षीया द्रोपतीदेवी चौधरी रहेकी छन्। अस्पतालमा उपचारको क्रममा महादेव ऋषिदेवको मृत्यु भएको छ।

मोरङकै डाइनियामा भएको अर्को झडपमा शिवु माझीको मृत्यु भएको प्रहरीले जनाइएको छ। मोर्चाका कार्यकर्ताबाट घरेलु हतियारसहित प्रहरीमाथि आक्रमणको प्रयास भएपछि प्रहरीले वाध्य भएर गोली चलाउंदा माझीको मृत्यु भएको जनाइएको छ। घटनामा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन्।

अान्दोलन परिचालन समिति मोरङका संयोजक मोहमद काजिरले घाइते बिक्रम सहानीको अवस्था गम्भीर रहेको जनाएका छन्।

कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन हुने कार्यक्रम रहेपनि स्थगित भएको छ।

स्थिति सामान्य नभएपछि स्थानीय प्रशासनले रंगेलीको पूर्वतर्फ सात किलोमिटर बक्रा खोला, पश्चिममा ५ सय मिटरसम्मको क्षेत्र र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू लगाएको छ ।

रंगेलीको घटनापछि आक्रोशित मोर्चाका कार्यकर्ताले डाइनिया प्रहरी चौकी र एमालेको सभामा सहभागी भएर फर्किदै गरेको बसमा आगजनी गरेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

10675