Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

थाइल्याण्ड पुगेका पूर्वराजा ज्ञानेन्द्रले भारत र चीनका ठूला नेताहरुसंग भेट गर्दै

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो भावी योजना बनाउन थाइल्याण्ड पुगेका छन्। उतैबाट भारत र चीनका राजनीतिज्ञसँग भेट गर्ने चाँजोपाँजो मिलाउँदै पूर्वराजा ज्ञानेन्द्र आफ्ना निजी सचिव सागर तिमिल्सिनाका साथ थाइल्याण्ड पुगेका हुन्।

शाह बुधवार थाई एअरलाइन्सको नियमित उडानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड उडेका हुन्। करिव एक महिना लामो बसाईका लागि थाइल्याण्ड गएका पूर्वराजा शाहले उतैबाट भारत जाने सम्भावना रहेको स्रोतले जनाएको छ।

करिब डेढ महिनादेखि पूर्वरानी कोमल थाइल्याण्डमा बस्दै आउनु भएको छ। भावी योजना बनाउन पूर्वराजाले यसअघि नै आफ्नो बालसखा प्रभुशमशेरलाई थाइल्याण्ड पठाइसकेको खबर नेपाल समाचार पत्र दैनिकले छापेको छ।





Comments

comments

3902