सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अमर प्राज्ञ भारत आसामका श्री नव सापकोटालाई समर्पण गर्ने निर्णय गरेको छ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि दुई लाख रूपियाँ रहेको छ।

यसैगरी नइ प्रकाशनले सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुहुने भारत दार्जिलिङका श्रीमती स्नेहलता राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ।

यी दुवै पुरस्कार नेपाली भाषासाहित्य मार्फत अन्तरार्ष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये विशिष्ठ नेपालीगोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष समर्पण गरिदैँ आएको छ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

106912