Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यिनै हुन् दुई बालकको हत्या गर्ने सौतेनी आमा

गुल्मी, मोबाइलको खोलमा लुकाएर राखेको पाँच सय हराएको निहुँमा हाडहाडेमा सौतेनी आमाले दुई छोराको हत्या गरेकी छन्। हाडहाडे ९ की २१ वर्षीया शान्ता पुनले सौताका दुई छोराको हत्या स्वीकारेको प्रहरीले जनाएको छ।

-


यिनै हुन् दुई बालकको हत्या गर्ने सौतेनी आमा

यसअघि दुवै बालकको करेन्ट लागेर मृत्यु भएको भनिएको थियो। अनुसन्धानका क्रममा सात वर्षका अनिश र पाँच वर्षका मनीष पुनको सौतेनी आमाले हत्या गरेको खुलेको गुल्मीका प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले जेठा छोरा अनिशको गत मंगलबार साँझ विष खुवाएर र कान्छा छोरा मनीषको बुधबार बिहान घाँटी थिचेर हत्या गरेको बयान प्रहरीलाई दिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

10698