Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फरहान अख्तरले गरे सम्बन्ध विच्छेद

फरहान अख्तरले पत्नी अधुनासँग सम्बन्धविच्छेद गरेका छन् । यी दुईको सन् २००० मा विवाह भएको थियो। सम्बन्धविच्छेद भएपछि फरहान आफ्नो घर छाडेर बहिनी जोयाको घरमा सिफ्ट भएका छन्।

उनले केही समयमा नै नयाँ घर लिने भारतीय मिडियाले जनाएका छन्। केही पहिलेदेखि नै मिडियामा यी दुईको सम्बन्धमा खटपट आएको खबर आएको थियो, नयाँपत्रिका दैनिकमा खबर छ। केही समयअघि ‘रिलिज’ भएको फरहानको फिल्म ‘बजिर’मा अधुना पुगेकी थिइनन्।

यसअघि पहिले फरहानका सबै कार्यक्रममा पुग्ने अधुनालाई नदेखेपछि यी दुईबीचको सम्बन्धमा खटपट भएको अनुमान थियो। बलिउडमा फरहान–अधुनाको जोडीलाई ‘स्टाइलिस कपल’ भनिन्थ्यो। यी दुईको भेट फिल्म ‘दिल चाहता है’को सुटिङमा भएको थियो। यी दुईका दुई छोरी छन्।





Comments

comments

Leave a Reply

10696