Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चिसो मौसमका कारण हङकङका सबै प्राथमिक विद्यालय र किन्डरगार्टेन बन्द

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २५ जनवरी। चिसो मौसमका कारण सोमबार हङकङका सबै प्राथमिक विद्यालय र किन्डरगार्टेनहरु बन्द  भएका छन्।

शिक्षा ब्यूरोले हङकङमा बढेको अत्यधिक चिसोका कारण ति विद्यालयहरुमा सार्वजनिक बिदा गरिएको जनाएको छ। माध्यमिक विद्यालयले पनि बाहिरी गतिविधिहरु रद्द गर्न सकिने ब्यूरोले जनाएको छ।

हङकङमा आइतबार ५९ वर्षपछि सबैभन्दा चिसो दिनको रुपमा मापन गरिएको थियो। काउलून स्टेशनमा विहान ३.३ डिग्री सेल्सियस चिसो रहेको मौसम विभागले जनाएको छ। अघिल्लो रेकर्ड फरवरी १९५७ मा २.४ डिग्री सेल्सियस चिसो थियो।

मौसम विभागले चिसो मौसम अझै केही दिनसम्म जारी रहने जनाएको छ।

यो पनि पढ्नुहोस्
हङकङमा ५९ वर्षपछिकै सबैभन्दा चिसो, ताई मो शानमा हिंउ पर्यो (फोटो फिचर)





Comments

comments

Leave a Reply

10718