Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाबुरामको नयाँ शक्तिबाट हिसिला आउट

बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानको केन्द्रिय समितिमा बाबुराम पत्नी हिसिला यमीको नाम छुटाइएको छ।

हिसिलाको कारण बाबुरामप्रति मान्छेको विस्वास नभएको ठहर गर्दै उनको नाम जानीजानी सार्वजनिक नगरिएको चर्चा चलेको छ। ठूलो तामझामको साथ घोषणा गरिएको बाबुराको नयाँ शक्तिमा पूर्व प्रशासक र पूर्व प्रहरी हाकिमहरुको लर्को देखिएको खबर आज प्रकाशित साँधु साप्ताहिकमा छ।

कांग्रेस र एमालेको कोटामा नअटेका र भविष्यमा राजनीतिक नियुक्ति खाने लोभ पालेर बसेका बुढाखाडाहरु बाबुरामको नयाँ शक्तिमा सदस्य बनेका छन्।

बाबुरामको नयाँ शक्तिमा नेपाल प्रहरीका पूर्व आईजीपी गणेशराज राई, सशस्त्र प्रहरीका पूर्व एआईजी ऋषभदेव भट्टराई, नारायण पाण्डेलगायत जोडिएका छन् । यस्तै पूर्व सचिव रामेश्वर खनाल, प्रा डा प्रविण मिश्र, नथुप्रसाद चौधरी, बज्रकिशोर यादव, हरेराम चौधरी पनि नयाँ शक्तिको केन्द्रीय सदस्य बनेका छन्।

पुरानो शासनसत्ताको नेतृत्वमा बसेर लुट्नुसम्म लुटेर अघाएकाहरु बाबुरामको नयाँ शक्तिमा गएर के काम गथर्लान् ? यस्ताबाट के कुरा आउला ? अल्फाबिटमा आयोजित नयाँ शक्तिको कार्यक्रममा सशभागिहरुबीचमै यो प्रश्न उठेको थियो।

बाबुरामको नयाँ शक्तिको ३५ सदस्यीय केन्द्रीय समितिमा अधिकांश आउट डेटेड मान्छेहरु राखिएको छ।





Comments

comments

Leave a Reply

10727