Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अकुत सम्पत्ति कमाएका उच्च पदस्थ कर्मचारी को को हुन्? हेर्नुहोस् अख्तियारले जारी गरेको सूची

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको आरोपमा ६३ उच्च कर्मचारीमाथि छानविन थालेको छ। नेपाल सरकारका ५ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितिय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालिएको हो।

एकैपटक यति ठूलो संख्यामा बहालवाला कर्मचारीमाथि अख्तियारले छानबिन थालेको यो पहिलो पटक हो। अख्तियारले छानबिनमा परेका सबै कर्मचारीको बैँक खाता तथा लकर रोक्का गर्न नेपाल राष्ट्र बैँकलाई पत्राचार गरेको खबर नयाँ पत्रिका दैनिकमा छ। राष्ट्र बैँक स्रोतका अनुसार अख्तियारको पत्रपछि देशभरका बैँक, फाइनान्स कम्पनी तथा सहकारीमा रहेका सबै खाता र लकर रोक्का गरिएको र गर्ने क्रम जारी रहेको छ।

अख्तियारले यी सबै ६३ जना कर्मचारीलाई झन्डै एक महिना अघि अकुत सम्पत्ति कमाएको आरोपमा छानबिनको निर्णय गरेको थियो।

अख्तियारले गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगो, भूमिसुधार सचिव मोहनकृष्ण सापकोटा, प्रधानमन्त्री कार्यालयका सचिव महेश दाहाल, पशुपंक्षी विकास मन्त्रालयका सपिचव डा. कृष्णचन्द्र पौडेल, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुनीलबहादुर मल्ल, पुनर्निर्माण प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारी, सशस्त्रका एआइजी कृष्णकुमार तामाङ लगायत बहालवाला कर्मचारीको बैँक खाता रोक्का गरिएको छ।

को-को परे छानविनमा, क-कसको रोकियो बैँक खाता सूची हेर्नुस्:





Comments

comments

Leave a Reply

10762