Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोर्चुगलमा चर्चित गायक खेमराज गुरुङको “सुन्दरी पोखरा” छायांकन

सुनिल संगम / एचकेनेपाल डट कम –
२७ जनवरी २०१६, लिस्बन, वारि जमुना पारि जमुनाका चर्चित गायक खेमराज गुरुङको निकट भबिष्यमा बजारमा आउन लागेको नयाँ एल्बम ‘घुमफिर’ मा समेटिएको “सुन्दरी पोखरा” बोलको गीतको मुजिक भिडियो हालै पोर्चुगलमा छायांकन सम्पन्न भएको छ।

आफ्नो सांगीतिक भ्रमणको क्रममा पोर्चुगल रहेको बेला बिदेशी भूमिमा पहिलो पटक आफ्नो गीत छायांकन गराएका गायक गुरुङको उक्त गीतलाई पोर्चुगल निबासी बिमल श्रेष्टले निर्देशन गरेका हुन् भने संजय लामा र सृष्टि शाही ठकुरीले अभिनय गरेका छन्। संजय नेपालकै कुशल नृत्यकार हुन् भने सृष्टिले यस अघि थुप्रै म्युजिक भिडियोहरुमा आफ्नो कुशल अभिनय देखाई सकेकी छिन्।

नबराज सुबेदीद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा पोर्चुगलका रमणीय तथा ऎतिहासिक स्थानहरुको केही दृश्यहरु समेटिएको बताउँदै आफू पनि गायन क्षेत्रमै भएको कारण भिडियोमा निकै मिहेनत गरेको र खेमराज गुरुङ्ग जस्तो चर्चित गायकको गीत बिदेशी भूमिमा पहिलो पटक निर्देशन गर्न पाउँदा निकै खुशी लागेको कुरा निर्देशक श्रेष्ठले बताए।

चाडै नै बजारमा आउन लागेको एल्बम “घुमफिर” भित्र समेटिने “सुन्दरी पोखरा” गीत एल्बमकै पहिलो म्युजिक भिडियो भएको र यही आउँदो मार्चको अन्त्यमा दर्शकमाझ सार्बजनिक गरिने कुरा गायक खेमराज गुरुङले जानकारी दिएको छ।





Comments

comments

Leave a Reply

10768