Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पत्रकारहरु बोलाएर प्रधानमन्त्रीले यसरी गुनासो पोखे…

सरकार गठन भएको १०७औं दिनमा प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा मंगलबार सम्पादकसहितका पत्रकारसँग भेटघाट गरे। ओलीले संविधानका विशेषता, संविधान कार्यान्वयन, संविधान संशोधनपछिको अवस्था र भावी योजनाबारे करिब ४५ मिनेट भनाइ राखे, १५ मिनेटजति मात्रै पत्रकारसँग अन्तक्रिया गरे। उनका मुख्य भनाइ:


चितुवा र गैँडा आउँदा प्रधानमन्त्रीको मजाक

काठमाडौंमा मेट्रो रेल चलाउनुपर्छ, २५–३० लाख जनसंख्या भएको सहरमा त्यो चाहिन्छ, हामीले दिल्लीमा, बैंककमा हेरेका छौँ भनेँ मैले । तर, सहरमा चितुवा आयोभन्दा मेट्रो हेर्न आयो रे ! चितवनको खेतमा गैँडा पस्दा ग्यासको पाइप हेर्न आयो रे ! भनियो, म त छक्क परेँ । काठमाडौंमा इलेक्ट्रिक प्रविधि भित्र्याउने कुरा गर्दा यस ग्रहमा कतै नभएको कुरा बोलेजस्तो भयो, धेरै विद्वान्ले इलेक्ट्रिक बस चलाउने रे पनि भने।

अहिले स्वस्थानीको वेला छ, सतीदेवीले यसो पराल उघारेर हेर्दा शिवजीको ठूलो दरबार छ भनेजस्तो मैले पराल उघारेर हेर्नोस् मेट्रो देखिन्छ त भनेको होइन नि ! मैले त बनाउने भनेको छु । केही वर्षभित्र मेट्रो चल्छ, चलाउने नै हो । यो अपराधमा हामी जस्तोसुकै सजाय भोग्न पनि तयार छौँ, हामीले काम थालिसकेका छौँ ।

तातोपानीबाट बिजुली
मैले विकास सम्भावित ठाउँमा हावाबाट बिजुली निकाल्ने भनेको त हुँदैन भने, प्रधानमन्त्रीलाई सन्चो छैन कि क्या हो भने । तिब्बतमा ४० प्रतिशत जियो थर्मलबाट बिजुली निकालेका छन् । मैले तातोपानीबाट बिजुली निकालौँ भनेँ । त्यो गरेपछि त्यहाँ फाइभ स्टार होटेल बनाइदिने, मान्छेहरू तातोपानीमा स्विमिङ गर्न पनि जान्छन् । यो कसरी बेठीक भयो ? म्याग्दीमा तातोपानी छ । दैलेखको श्रीस्थान भन्ने ठाउँमा पानीमाथि सलाई कोरेर लगाइदिँदा आगो बल्छ । श्रीस्थान भनेको स्वस्थानीसँग जोडिएको छ । नेपालमा यस्ता धेरै छन् ।

अनि, संविधान आयो
संविधान जारी हुनु असाधारण उपलब्धि हो । कतिपयले हतार भयो भन्ने गरेको पनि सुनिन्छ । यदि संविधानसभामा दृढ निश्चयका साथ अघि नबढेको भए, सात दिन मात्रै ढिला गरेको वा पर्खेको भए संविधान बन्दैनथ्यो । संविधान निर्माणलाई पछाडि धकेल्दै लगेर चैत, वैशाखसम्मै पनि संविधान बन्न नदिने षड्यन्त्र थियो, त्यसलाई चिर्न सफल भयौँ ।

सिलिन्डर कति बोक्ने ?
मैले फोहोर व्यवस्थापन पनि गर्ने र ग्यास पनि निकाल्ने कुरा गरेको हुँ । पहिले काँचो दाउरा ढुंग्रीले फु-फु गर्ने जमाना थियो, त्यो गयो। त्यसपछि काँधमा सिलिन्डर बोकेर कुद्ने जमाना आयो । तपाईंहरूले दु:ख पाउनुभएको छ, अब केही समय पर्खनोस्, सिलिन्डर नबोक्ने जमानातिर लाग्छौँ । विद्वान्हरूले सिलिन्डर काँधमा बोकेर हिँड्ने परम्परा जोगाउँछौँ भनेँ । मैले यसो भन्दा केहीले सिलिन्डर नै बोक्न पाउनुपर्छ भन्नेजस्तो तर्क गरे। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10766