प्रहरीको परिचयपत्र देखाएर बलात्कार

रौतहट, प्रहरीको परिचयपत्र देखाएर धम्क्याई युवती बलात्कार गर्ने एक प्रहरीजवान रौतहटमा पक्राउ परेका छन् ।

चन्द्रपुर नपा ६ घर भई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत २३ वर्षीय प्रहरीजवान प्रशान्त चौधरी सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका हुन् । चन्द्रपुर ३ घर भएकी १७ वर्षीया एक युवतीलाई प्रहरीजवान चौधरी र उनका साथीहरूले माघ १ गते दिउँसो चन्द्रपुरनजिकै जंगलमा बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

घरविदामा आएका प्रहरी चौधरीले साथीसँग मिलेर बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुईजना फरार रहेकाले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

माघ १ गते साथीसँग घुम्न गएको अवस्थामा चाँदीनदीपारि जंगलमा चौधरीसहित तीनजनाले युवतीसँगै गएका साथीलाई पिटेर लखेटी बलात्कार गरेको पीडित युवतीले प्रहरीलाई बताएकी छन् ।

रौतहटमा पछिल्ला केही महिनायता बलात्कारका घटना बढेको खबर अन्नपूर्णपोस्ट दैनिकमा छ।





Comments

comments

Leave a Reply

10764