इतिहास रच्नबाट चुक्यो नेपाल, बंगलादेशसंग ६ विकेटले पराजित

बंगलादेशमा जारी आइसीसी यु-१९ क्रिकेट विश्वकपबाट नेपाल बाहिरिएको छ। यो पराजयसंग नेपाल इतिहास रच्ने सुनौलो अवसरबाट चुकेको छ।

क्वाटर फाइनलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपालको विश्वकपको यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ। नेपालले प्रस्तुत गरेको २ सय १२ रनको लक्ष्य बंगलादेशले ४८ ओवर २ बलमा लक्ष्य पुरा गर्यो। बंगलादेशका लागि जाकिर हुसेनले सर्वाधिक ७५ रन तथा कप्तान मेहेन्दी हसन मिराजले ५५ रन बनाएपछि नेपाल इतिहास बनाउनबाट चुकेको हो। नेपालका लागि सुनिल धमलाले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए।

नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन जोडेको थियो। कप्तान राजु रिजालले ८० बलमा सर्वाधिक ७२ रनको योगदान दिए भने सुनील धमलाले २५, दीपेन्द्रसिंह ऐरी र प्रेम तामाङले समान २२ तथा आरिफ शेखले २१ रन जोडे।

Live Video: Nepal VS Bangladesh

LIVE Score:

……………………………………….

आयरल्यान्डविरुद्ध नेपालको शानदार जित (अडियो रिपोर्ट)





Comments

comments

Leave a Reply

10808