गैरआवासीय नागरिकता ब्रिटिश गोरखाहरुलाई किन मान्य छैन?

काठमाडौँ, बेलायती सेनामा कार्यारत भूतपूर्व गोरखा सैनिकहरुको असमानाताको अन्त्यका लागि बेलायतमा नेपाल सरकार, बेलायत सरकार र गोर्खालीबीच बार्ता भैरहेको छ। यता नेपालमा पनि भूतपूर्व गोरखाहरु नेपाल सरकारले आम गैरआवासीय नेपालीलाई दिएको गैरआवासीय नागरिकता आफूहरुलाई मान्य नहुने बताउंदै नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइरहेका छन्।

ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समितिका (BGNCCC- UK/Nepal) संयोजक सुनबहादुर तमाङको संयोजकत्वमा रहेको समितिले बिभिन्न गतिविधि गर्दै आएको छ।

यसैक्रममा भूतपूर्व गोरखाहरुको हक अधिकारका लागि गठन भएको अल पार्टी पार्लामेण्ट ग्रुपको सांसदहरुसंग बृहत अन्तर्क्रिया गरेको छ। हामी ब्रिटिश गोरखाहरुले अन्य बिदेशमा बस्ने नेपाली जस्तो होइन। हामीलाई नेपाल सरकारले नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको खातिर बलिदान स्वरुप १८१६ बाट सुगौली सन्धि गरेर बेलायती सैन्य सेवामा पठाइएको हो। त्यसैले आम गैरनेपालीलाई झै एउटै कानुन बनाएर बिभेद गर्न पाइन्न। अर्थात हामी गोरखा र हाम्रा सन्ततिका बंशजको नेपाली नागरिकता खोस्न वा नागरिकताबाट कुनै अधिकार कटौती गर्न मिल्दैन। हाम्रो बंशजको नेपाली नागरिकता यथास्थिति मै निरन्तर हुनुपर्छ।

हामीलाई पनि अन्य आफ्नो व्यक्तिगत चाहनाले बिदेश गएर उतैको नागरिकता लिएका नेपालीलाई जस्तै गैरआवासीय नागरिकता दिनु सरकारको अन्याय हो। हामी गोर्खालीहरूमाथि त्यो मान्य छैन। नेपालको संसदले संबिधान, कानुन परिवर्तन गरेर हाम्रो बंशजको नागरिकता निरन्तरता रहने व्यवस्था सुनिश्चित गराओस् भन्ने मागसहित आयोजना गरेको कार्यक्रममा ब्रिटिश गोरखा बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति तथा गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति नेपालको संयुक्त संयोजकत्वमा भएको बिशेष कार्यक्रममा निम्न महानुभावहरूको सहभागिता रहेको थियो ।

माननीय एलपि सांवा- एमाले
माननीय गणेश पराजुली- रास्वपा
माननीय दुर्गा राई- माओवादी
माननीय सुशिला श्रेष्ठ- जसपा
पूर्व माननीय तथा कानुन मन्त्री दिलमान पाख्रिन- नेपाली कांग्रेस
डा.नारायण घिमिरे- रास्वपा कानुनी बिभाग प्रमुख
नगेन्द्र कुमाल – पूर्व माननीय नेपाली कांग्रेस तथा पूर्वाध्यक्ष आदिवासी जनजाति महासंघ
सुन बहादुर तामाङ- संयोजक BGNCCC।
होम किरात सुनुवार- महासचिव BGNCCC सचिव गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति
भिम तावा लिम्बु- गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति नेपाल संयोजक
उत्तम प्रसाद राई- गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति सिनियर सचिव तथा BGNCCC समिति सदस्य
श्री योगिता राई- अधिवक्ता तथा BGNCCC निवर्तमान नेपाल संयोजक
उदिम बहादुर राई- गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति कोषाध्यक्ष नेपाल

उपस्थित ब्यक्तित्वहरूको भनाईमा क्रमशः
रास्वपा सांसद गणेश पराजुलीले भने यस बिषयमा गम्भिरताकासाथ छलफल गरेर निस्कर्ष निकाल्न जरुरी छ तर अहिले सम्भब छैन। बर्तमान अवस्थामा सम्भाब्यताको पाटो भनेको अहिलेलाई गैरआवासीय नागरिकतामा कानुन संशोधन गरेर अधिकार प्रदान गराउन र पुनः बिदेशको नागरिकता परित्याग गरी नेपाल आएमा पुरानै नागरिकता पाउने नियमावलीमा सुनिस्चित गर्न प्रयास गर्न सकिने बताए ङ।

त्यस्तै उपस्थित सांसदहरुले यस बिषयमा संसदमा आवाज उठाउने बताए रास्वपा कानुन बिभाग प्रमुख डा.नारायण घिमिरेले संविधानमा केही त्रुटिहरु छन् सर्वोच्च अदालतमा मुद्दा गरेमा पनि यो समस्या समाधान हुन सक्ने बताए।

होम किरात सुनुवार
(महासचिव BGNCCC -UK/Nepal)





Comments

comments

108085