ली का-शिङ फेरि पनि हङकङको सबैभन्दा धनी…

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, २२ फेब्रुअरी। नेटवर्थ घट्दै गए पनि ली का-शिङले हङकङको सबैभन्दा धनीको रूपमा आफ्नो ताज कायम राख्न सफल भएका छन्।

कोभिड -१९ महामारीको प्रभावका कारण नेट वर्थमा शहरव्यापी गिरावटको बाबजुद पनि टाइकुन ली का-शिंग हङकङका धनीहरूको सूचीमा शीर्ष स्थानमा रहेका छन्।

फोर्ब्सले २०२४ को हङकङका ५० धनीहरूको सूची सार्वजनिक गरेको छ। फोर्ब्सका अनुसार टाइकुनहरूको संयुक्त सम्पत्ति गत वर्ष ३२४ बिलियन अमेरिकी डलरबाट घटेर २९६ बिलियन अमेरिकी डलर पुगेको छ।

ली का-शिंग शीर्ष स्थानमा कायम रहे पनि उनको कुल सम्पत्ति गत वर्ष ३९ बिलियनबाट ३६.२ बिलियन अमेरिकी डलरमा झरेकोछ। रियल इस्टेट टाइकुन ली शाउ-की दोश्रो स्थानमा रहेका छन्। यद्यपि उनको कुल सम्पत्ति ३०.३ बिलियनबाट घटेर २७ बिलियन अमेरिकी डलर रहेको छ।

तेश्रो स्थानमा सम्पत्ति विकासकर्ता हेनरी चेंग कार-शुन रहेका छन्। जसको ७ बिलियन घटेर २२.१ बिलियन अमेरिकी डलर पुगेकोछ। एलकेके समूहका ली भाइबहिनीहरूले गत वर्ष अमेरिकी डलर १९.३ बिलियन अमेरिकी डलरबाट १७.७ बिलियन डलरमा झरेको भएता पनि चौथो स्थान कायम गरेका छन्।

सूचीमा शीर्ष पाँचमा परेका ह्वीलक एण्ड कम्पनीका पिटर वू क्वाङ-चिङलको कुल सम्पति १३.७ बिलियन अमेरिकी डलर रहेकोछ, जुन यसअघि १६.९ बिलियन अमेरिकी डलर थियो।

हङकङको ५० धनी २०२४ को पूरा सूची यहाँ छ।





Comments

comments

108135