Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मलाई थाहै थिएन ‘भारतले नाकाबन्दी गरेको छ’

भारतीय लेखिका इरा त्रिवेदीले आफ्नै अनुभव समेटेर लेखेको उपन्यास ‘ह्वाट उड यू डू टू सेभ दी वल्रड’पछि चर्चामा आइन् । त्यसपछि उनका अरू दुई उपन्यास छापिए । र, एउटा ‘ननफिक्सन’ । यी सबै पुस्तक ‘बेस्टसेलर’ कृतिमा पर्छन्। इरा प्रेम र यौनलाई आफ्नो लेखनको प्रमुख विषय बनाउँछिन्। अर्को रोचक पक्ष, इराका उपन्यासमा प्रमुख पात्रमा सधैँ रिया मात्र छिन्। तिनै इरा अहिले पोखरामा छिन्, लिटरेचर फेस्टिभलका लागि। उनीसँग शिखर घिमिरेले शनिबार कुरा गरे।

नयाँ पत्रिकाका घिमिरेसंग भएको कुराकानीमा उनले यसरी नाकाबन्दीबारे अनभिज्ञता प्रकट गरिन्:

म त अहिले पूरै अचम्ममा छु । मलाई भारतले नेपालमाथि नाकाबन्दी लगाएको कुरा नै थाहा थिएन। यो अत्यन्त नराम्रो भएको छ। तर, साँच्ची मलाई यो कुरा हिजो काठमाडौं आउँदासम्म थाहा थिएन। बरु, भूकम्प गएको थाहा थियो, मलाई दु:ख लागेको थियो। भारतीय मिडियाले यो विषयमा लेखेका पनि छैनन्। भारतले नेपाललाई त सहयोग गर्नुपर्थ्यो। भारतले सहयोग गर्नुपर्ने देशलाई यस्तो गरेकोमा मलाई दु:ख लागेको छ। यो कदापि राम्रो होइन, ‘इट्स नट गुड’।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

10815